२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै महानगरबासीको गाली र आलोचना सुन्छु: मेयर बालेन साह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने बताएका छन् ।

हेटौँडामा आयोजित स्थानीय सरकारको बैठकमा काठमाडौँ र काठमाडौँबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौँबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएको उनले बताएका छन् ।

तीन दिनका लागि आयोजना गरिएको बैठक काठमाडौँ महानगर प्रमुख बालेन र उपप्रमुख सुनिता डंगोलले एक दिनमात्र बैठकमा बसेर छोडेका थिए ।

एक विज्ञप्ति जारी गर्दै बालेनले बैठक छोड्नुपरेको बारे स्पष्टीकरणसमेत दिएका छन् । “मलाई व्यक्तिगतरूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौँ र काठमाडौँबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौँलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने रु मेरो प्रश्न यति हो”, बालेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “काठमाडौँ केबल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौँ कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ÷कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ ।”

उनले सोमबार साँझ फेसबुकमा स्ट्याटस राख्दै ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लागेको’ बताएका थिए।