१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै महानगरबासीको गाली र आलोचना सुन्छु: मेयर बालेन साह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने बताएका छन् ।

हेटौँडामा आयोजित स्थानीय सरकारको बैठकमा काठमाडौँ र काठमाडौँबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौँबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएको उनले बताएका छन् ।

तीन दिनका लागि आयोजना गरिएको बैठक काठमाडौँ महानगर प्रमुख बालेन र उपप्रमुख सुनिता डंगोलले एक दिनमात्र बैठकमा बसेर छोडेका थिए ।

एक विज्ञप्ति जारी गर्दै बालेनले बैठक छोड्नुपरेको बारे स्पष्टीकरणसमेत दिएका छन् । “मलाई व्यक्तिगतरूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौँ र काठमाडौँबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौँलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने रु मेरो प्रश्न यति हो”, बालेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “काठमाडौँ केबल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौँ कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ÷कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ ।”

उनले सोमबार साँझ फेसबुकमा स्ट्याटस राख्दै ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लागेको’ बताएका थिए।