२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

गर्भमै शिशुको मृत्यु रोकिएन

गर्भमै शिशुको मृत्यु रोकिएन
अ अ+ अ-

लमजुङ । आमाको गर्भमै शिशुको मृत्यु हुने दर यहाँ अझै कमी आउन सकेको छैन । गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा गर्भमै मृत्यु हुने शिशुको दरमा न्यूनीकरण हुन नसकेको हो ।

सदरमुकाम बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्म अर्थात् तीन वर्षको अवधिमा ३९ गर्भवतीको गर्भमै शिशुको मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यी आमाको गर्भमै मृत्यु हुने शिशुको सङ्ख्यामध्ये गत आव २०७७/७८ मा १२ को मृत्यु भएको छ । त्यस्तै आव २०७६/७७ मा गर्भमै १६ शिशुको मृत्यु भएको थियो भने आव २०७५/७६ मा ११ को मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

यी आवमध्ये आव २०७६/७७ मा गर्भमै मृत्यु हुने शिशुको सङ्ख्या बढी भएको देखिन्छ । सरकारदेखि विभिन्न सम्बन्धित निकाय तथा स्वास्थ्यकर्मीले गर्भावस्थामा गर्न हुने÷नहुनेलगायतका सन्देश प्रवाह गर्दै आएका छन् । यति मात्र नभई जिल्ला अस्पतालले समेत यससम्बन्धी गर्भवतीलाई परामर्श, सरसल्लाह दिँदै आएको छ । साथै विभिन्न माध्यमबाट पनि सचेत गर्ने काम गर्दै आए पनि गर्भमै शिशुको मृत्यु हुने सङ्ख्यामा कमी आउन नसकेको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ, खानपानमा ध्यान दिनुपर्छ, स्याहारसुसारमा ध्यान दिनुपर्छ, साथै नियमित स्वास्थ्य जाँच गरेमा आमाको गर्भमै शिशुको मृत्यु हुँदैन, गर्भवती भएपछि सरकारले तोकेको नियमित जाँच गर्न चारपटक स्वास्थ्य संस्थामा आउनुपर्छ ।”