७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सन्दर्भ विश्व रक्तदाता दिवस: रगतको भने सधैँ अभाव

सन्दर्भ विश्व रक्तदाता दिवस: रगतको भने सधैँ अभाव
फाइल फोटो
अ+ अ-

चितवन । मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ ।

सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाँैतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता खोज्न बाध्य हुने गरेका छन् । वर्षभरिमा झन्डै पाँच हजार जनाले केन्द्रमा नै आएर रक्तदान गर्ने गरेको तथ्याङ्क छ । यी व्यक्तिहरु बिरामीका आफन्तको अनुरोधमा डाकिएका रक्तदाता हुन् ।

यहाँका अस्पतालमा २० हाराहारी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बिरामी र अन्य अस्पतालमा विशेषज्ञ सेवा लिनेहरुका लागि धेरै रगत आवश्यक हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल यहाँको क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई मेडिकल कलेज र २० भन्दा बढी सानाठूला अस्पतालमा हुने शल्यक्रिया लगायतका उपचारमा ठूलो मात्रामा रगत माग हुने गरेको बताउनुहुन्छ । वर्षभरिमा ३५ हजार युनिट हाराहारी रगत केन्द्रले उपलब्ध गराउँदै आएको छ । पौडेलको भनाइमा ५० हजार युनिट हाराहारी रगतको आवश्यक यहाँ पर्दछ ।

अत्यावश्यक शल्यक्रियासमेत समयमा गर्न रगतका कारण कठिन हुने गरेको छ । पौडेलले केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटीले रक्तदाताका लागि उत्प्रेरणाका कार्यक्रम गर्न नसक्दा समस्या आएको बताउनुभयो । रक्तदाता बढाउनका लागि नयाँ रणनीतिक कामहरु गर्न नसकेर पुरानै ढर्रामा सोसाइटी रहेको उहाँको भनाइ छ । सरकारी निकायसँगको समन्वयमा सोसाइटीले काम गर्न नसकेको उहाको भनाइ थियो ।

केन्द्रले चितवनसहित छिमेकी जिल्लाबाट समेत सहकार्य गरेर रगत सङ्कलन गरिरहेको छ । नवलपरासी, गोरखा, लम्जुङ, तनहुँ, धादिङ, मकवानपुर, सर्लाही, रौतहट लगायतका जिल्ला पुगेर रगत सङ्कलन गर्ने गरिएको छ । वर्षभरमा ४०० हाराहारी रक्तदानका कार्यक्रम हुने गरेका छन् । ती कार्यक्रममा पहिले १००/१५० युनिट रगत सङ्कलन हुने गरेकामा आजभोलि ४०/५० युनिट सङ्कलन हुने गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले रगत सङ्कलन कम हुँदै गएकाले समस्या हुने गरेको बताउनुभयो । सोसाइटीले रक्तदाता उत्प्रेरणाका कार्यक्रम गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । रक्तदातालाई गरिने सम्मान कार्यक्रमसमेत कोभिडका कारण दुई वर्षदेखि हुन नसकेको उहाँको भनाइ छ ।

एक घरको एक जनाले रक्तदान गरेमा मात्र धेरै समस्या समाधान हुने भन्दै उहाँले यो जनचेतना जगाउनुपर्ने बताउनुभयो । धेरै जिल्लाबाट यहाँ बिरामी आउने भएकाले ती जिल्लाहरुका सामाजिक सङ्घसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरिदिएमा रगतको पूर्ति गराउन सहज हुने उहाँ बताउनुहुन्छ । वडा तहबाटै प्रचारप्रसार आवश्यक रहेको न्यौपानेको भनाइ छ । वर्षभरि नै रगतको अभाव हुँदा झापा, पोखरा, भैरहवा लगायत ठाउँबाट रगत मगाएर मागको आपूर्ति गर्ने गरेको न्यौपानेले जानकारी दिनुभयो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी समयमा नै योजना बनाउन नसकिएमा भविष्यमा रगतको ठूलो समस्या पर्ने बताउनुहुन्छ । आम नागरिकका बीचमा रगतको महत्वका बारेमा बुझाएर स्वयम्सेवीहरुको ठूलो समूह तयार गर्नुपर्ने उहाँको भनाइ छ ।

रक्तदाताहरुको सूची तयार गरी बोलाएर रगत लिने कार्यक्रमहरुलाई व्यापकता दिनुपर्ने उहाँ बताउनुहुन्छ । सामाजिक सेवा गर्ने सङ्घसंस्थाहरुले सामाजिक उत्तरदायित्व ठानेर वार्षिक कार्यक्रममा रक्तदान राख्नुपर्ने उहाँको भनाइ छ । यस्तै स्कुल, कलेजहरुले नियमीत रक्तदान कार्यक्रमसँगै साना विद्यार्थीहरुलाई रगतको महत्वका बारेमा बुझाउनुपर्ने अधिकारी बताउनुहुन्छ । नागरिक तहसम्म रगतको महत्वका बारेमा बुझाएर उत्प्रेरणा नदिएसम्म रगतको अभाव घटाउन नसकिने उहाँको तर्क छ । रासस