८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 1.54

Humidity: 42

Latest
‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा आईपीएलमा आज कोलकाता र गुजरात भिड्दै, यस्तो छ हेड-टु-हेड जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक लाख ९१ हजार पुग्यो गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु काठमाडौंमा शिक्षकहरुको प्रदर्शन जारी हिमाली याक चौँरीपालन सङ्कटमा पाथीभरा दुर्घटनामा निधन भएका सबैको सनाखत, घाइतेलाई काठमाडौं ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनादेखि धमिलो पानी आएपछि बागलुङका उपभोक्ताद्वारा तत्काल शुद्ध पानी दिन माग



अ+ अ-

बलेवा । एक महिनादेखि धमिलो पानी आएपछि बागलुङका उपभोक्ताले तत्काल शुद्ध पानी दिनुपर्ने माग गरेका छन् । उनीहरुले नगर खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, बागलुङ नगरपालिका र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरुले ती संस्थामा ज्ञापनपत्र बुझाउनाका साथै सयौँ उपभोक्ताको हस्ताक्षर पनि बुझाएका हुन् ।

अधिवक्ता बद्रीप्रसाद उपाध्याय, उपभोक्ता टेकबहादुर सार्की, डिल्लीप्रसाद गौतम लगायतको टोलीले सोमबार जिल्ला प्रशासनमा पनि ध्यानाकर्षण गरेका हुन् । प्रजिअ रमेश ढकाललाई शुद्ध पानी खुवाउन पहल गरिदिन पनि आग्रह उहाँहरुले गर्नुभयोे ।

गत वर्ष पनि यस्तै समस्या हुँदा प्रशासनको पहलले शुद्ध पानी खुवाउन पहल भएको थियो । उच्च अदालत पोखरा, बागलुङ इजलासले पनि शुद्ध पानी खुवाउन उपभोक्ता समिति र नगरपालिकालाई आदेश दिएको थियो । प्रशासनलाई नियमित अनुगमन गरेर शुद्ध पानी आए नआएको प्रतिवेदन दिन भनेको थियो । तर अझै पनि सो सम्बन्धी काम नभएको अधिवक्ता उपाध्यायाले बताउनुभयो । पीडित उपभोक्ताले धमिलो पानीको फोटोसहित प्रशासनमा उपस्थित भएका थिए ।

त्यस्तै आम नागरिकमा पखाला र छालासम्बन्धी रोग देखिएर परीक्षण गर्दा प्रदूषित पानीको प्रयोगले भएको भन्दै उपभोक्ता संस्थाले आम नागरिकको स्वास्थ्यमा खेलबाड गरेको पनि उपभोक्ताले आरोप लगाउनुभयो । “आम नागरिकको स्वास्थ्यमा आएको समस्याको जिम्मा लिने कि शुद्ध पानी खुवाउने ?” गौतमले भन्नुभयोे, “खानेपानीमा चरम लापरबाही भएको छ ।” वर्षौंदेखिको यो समस्या समाधानमा संस्था गैरजिम्मेवार बनेको समेत उहाँहरुले आरोप लगाउनुभयो ।

नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको म्यादसमेत सकिएको छ । डेढ वर्ष म्याद सकिँदा पनि संस्थाले साधारणसभा गरेको छैन । बरु उपभोक्ताले पानीको समस्या र सास्तीबारे जानकारी गराउन खोज्दा धम्क्याउने काम भएको स्थानीयवासीले गुनासो गरे ।

“पानीको पाइपहरु गाडिएको छैन, कतै चुहिने स्थानमा अलपत्रै छाडिएको छ,” बानपा–४ स्थित गौरीधाम शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीले भन्नुभयो, “यहाँका वडा नंं १, २, ३ र ४ का मानिस पीडित भइरहे पनि संस्थाले जनताको जीवनमा खेलबाड गरेको छ ।” खानेपानी उपभोक्ता संस्थालाई बोलाएर गत वर्ष नगरपालिकाले पनि शुद्ध पानी खुवाउन दबाब दिएको थियो । प्रजिअ रमेश ढकालले तत्काल संस्थाका पदाधिकारीलाई झिकाएर छलफल गर्ने र निष्कर्ष निकाल्ने बताउनुभयो ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पनि पानी शुद्ध खुवाउने विषयमा गम्भीर भएको बताउनुभयो ।