२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीसहित परेको पानीले गोलभेँडा खेतीमा क्षति



अ+ अ-

दाङ । हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्षति गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु २५ लाख र संस्थाको रु २५ लाख गरी कूल रु ५० लाखको लागतमा गरिएको  गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिनुभयो । तरकारी खेतीका लागि पटेक क्षेत्रमा चिनिने भट्टेगाउँको दुई बिघा बढी जमिनमा टनेलमा गोलभेँडा खेती गरिएको थियो ।

हावाहुरीले १४० टनेलमा गरिएको गोलभेँडा खेतीलाई पूर्णरूपमा क्षति पुर्याएको संस्थाका अध्यक्ष वलीले जानकारी दिनुभयो । पाक्न लागेका गोलभेँडा दशैँअगावै बिक्रीका लागि किसानले तयारी गरिरहेका थिए । एक्कासी हावाहुरी तथा पानी नष्ट गरेपछि किसान चिन्तित छन् । सहकारीमा आवद्ध भएर सो गाउँका १०० बढी किसानले तरकारी खेती, बाख्रापालन, भैँसीपालन गर्दै आएका छन् ।