२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । साताको चौथो दिन बुधबार सुनको मुल्य बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ६ सय बढेको हो । मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भएको छापावाल सुन बुधबार भने ९१ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

बुधबार तेजावी सुनको मूल्य पनि तोलामा ६ सय बढेको छ । मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ९० हजार ७ सयमा कारोबार भएको छ । 

यस्तै कहि दिनदेखी नेपाली बजारमा चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ । सोमबार देखी चाँदीको मूल्य स्थिर रहेर तोलाको १२ सय रुपैयामा कारोबार भइरहेको छ ।