२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ : प्रमुख शाक्य

सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ : प्रमुख शाक्य
अ अ+ अ-

काठमाडौँ । सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । वडा १२ मा हिजो पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त सम्पदासँग र यसको प्रवर्धनका लागि पर्यटनसँग सम्बन्ध जोड्न जरुरी रहेको बताउनुभयो ।

‘सांस्कृतिक पर्यटनबाट सम्पदा क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने रकम संकलन हुने र स्थानीयको आयमा वृद्धि हुने भएकोले सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्छ ।’ शाक्यले, पहिले बैङ्कले ऋण नदिने ठाउँमा अहिले ऋण दिन थालेको बताउँदै सानातिना प्रयासबाट गरिने  परिवर्तनले समृद्धि ल्याउने बताउनुभयो । 

त्यस क्रममा वडा १२ का अध्यक्ष विकास डंगोलले, पुखुसी महादेवको चर्चा फैलिँदै गएको उल्लेख गर्नुभयो भने वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले विकासको विरोध गर्नेहरुको पहिचान गर्ने बेला आइसकेको उल्लेख गर्नुभयो । मन्दिर वडाले पुननिर्माण गराएको हो । 

उपाकु, पचली भैरवको जात्रा, गथु प्याखँजस्ता जात्रा र सांस्कृतिक उत्सवहरुमा यो महादेवको मन्दिरको परिक्रमा गर्ने चलन छ । यो मन्दिर कति पुरानो हो भन्ने शिलालेख भेटिएको छैन । स्थानीय निरोज खड्गीकाअनुसार ०३९ साल अघिसम्म सडकका किनारामा शिवलिङ्ग थियो । सडक विस्तार हुँदै गएपछि यो सडकको विचतिर पुग्यो । यसपछि मन्दिर बनाइयो र नन्दी स्थापना गरियो । 
अहिले पुखुसी टोलसुधार समितिले मन्दिरको संरक्षण गरिरहेको छ ।