२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ : प्रमुख शाक्य



अ+ अ-

काठमाडौँ । सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । वडा १२ मा हिजो पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त सम्पदासँग र यसको प्रवर्धनका लागि पर्यटनसँग सम्बन्ध जोड्न जरुरी रहेको बताउनुभयो ।

‘सांस्कृतिक पर्यटनबाट सम्पदा क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने रकम संकलन हुने र स्थानीयको आयमा वृद्धि हुने भएकोले सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्छ ।’ शाक्यले, पहिले बैङ्कले ऋण नदिने ठाउँमा अहिले ऋण दिन थालेको बताउँदै सानातिना प्रयासबाट गरिने  परिवर्तनले समृद्धि ल्याउने बताउनुभयो । 

त्यस क्रममा वडा १२ का अध्यक्ष विकास डंगोलले, पुखुसी महादेवको चर्चा फैलिँदै गएको उल्लेख गर्नुभयो भने वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले विकासको विरोध गर्नेहरुको पहिचान गर्ने बेला आइसकेको उल्लेख गर्नुभयो । मन्दिर वडाले पुननिर्माण गराएको हो । 

उपाकु, पचली भैरवको जात्रा, गथु प्याखँजस्ता जात्रा र सांस्कृतिक उत्सवहरुमा यो महादेवको मन्दिरको परिक्रमा गर्ने चलन छ । यो मन्दिर कति पुरानो हो भन्ने शिलालेख भेटिएको छैन । स्थानीय निरोज खड्गीकाअनुसार ०३९ साल अघिसम्म सडकका किनारामा शिवलिङ्ग थियो । सडक विस्तार हुँदै गएपछि यो सडकको विचतिर पुग्यो । यसपछि मन्दिर बनाइयो र नन्दी स्थापना गरियो । 
अहिले पुखुसी टोलसुधार समितिले मन्दिरको संरक्षण गरिरहेको छ ।