• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   घुमघामको गन्तव्य टौदह: काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल-फोटो फिचर ★   विस्तारित स्वास्थ्य सेवामा पहुँच बढाउन अमेरिकाद्वारा करिब १६ करोड रुपैयाँको धनुषा प्रसूति केन्द्रको हस्तान्तरण ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी ★   चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला ★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

देवघाटमा तीनमुखे पुल निर्माण गरिने



तनहुँ । गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।

गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ तीनमुखे पुल निर्माण गर्ने निर्णय गरेको थियो । समितिले पुल निर्माणका लागि बजेट विनियोजन गर्न गण्डकी र बागमती प्रदेश सरकारसमक्ष आग्रह गरेको थियो ।

गण्डकी प्रदेश सरकारले बागमती प्रदेशसँगको सहकार्यमा सार्वजनिक–निजी लगानीमा त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल पवित्रभूमि देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागेको हो । सरकारले तीनमुखे पुल निर्माणकार्य आरम्भ गरी धार्मिक तथा व्यावसायिक पर्यटन प्रवद्र्धनका लागि आयोजना सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुलको अवधारणा ल्याइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए ।

देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटामात्रै पिलरले धान्ने पुल निर्माण गरिने उनले बताए । चितवन र तनहुँ जोड्ने त्रिशूलीमाथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रूपमा लिइएको छ ।




भर्खरै