• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपाल इञ्जिनियरिङ कलेजको ५० करोड ठगी मुद्दामा ६ जना आरोपीले पाए सफाइ



काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेज भक्तपुरको अनियमितता सम्बन्धी मुद्दामा आरोपित लम्बोदर न्यौपानेसहित ६ जनाले सफाइ पाएका छन् ।

कलेजका प्राचार्य डा‍. हरिकृष्ण श्रेष्ठको जाहेरीका आधारमा २०७७ साल पुस २८ गते जिल्ला अदालत भक्तपुरमा दर्ता भएको थियो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले अन्तिम आदेश दिदैँ दाबी नपुग्ने ठहर गर्दै न्यौपानेसहित ६ जनालाई सफाइ दिएको हो ।

न्यौपानेसहित ६ जनाले कलेजबाट ५० करोडभन्दा बढी रकम ठगी गरेको दाबी मुद्दामा गरिएको थियो ।

सामाजिक संस्थाका रूपमा दर्ता भएको सो कलेजको स्थापना कालदेखि हालसम्म भएको अनियमितताका आधारमा न्यौपानेबाट मात्रै ३३ करोड ७५ लाख १७ हजार ६ सय ४६ रुपैयाँ असुल उपर गराउन मुद्दामा मागदाबी गरिएको थियो ।

यसैगरी, प्रतिवादीहरू लवराज भट्टराईबाट ६ करोड ३४ लाख, रामरत्न उपाध्यायबाट ४ करोड ७० लाख, उपेन्द्र गौतमबाट ५ करोड ६९ लाख, रामकुमार श्रेष्ठबाट २८ लाख ६४ हजारसमेत असुल उपर गराउने मागदाबी थियो ।