२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

नारी सञ्चारगृहको अक्षयकोषमा रु २२ लाख

नारी सञ्चारगृहको अक्षयकोषमा रु २२ लाख
अ अ+ अ-

झापा । झापाली महिला पत्रकारहरुको छाता सङ्गठन नारी सञ्चारगृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रु २२ लाख रकम जम्मा भएको छ । 

तीन वर्षअघि रु २५ लाख पुर्‍याउने लक्ष्यसहित स्थापना गरेको अक्षयकोषमा स्थानीय तह र विभिन्न दाताको सहयोगमा सो रकम जम्मा भएको संस्थाकी अध्यक्ष भीमा शिवाकाटीले बताउनुभयो । काठमाडौँदेखि बाहिर जिल्लामा महिला सङ्गठित भएर स्थापना गरेको यो पहिलो पत्रकार महिलाको छाता सङ्गठन भएको उहाँको दाबी छ ।

विसं २०६९ मा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको संस्थामा हाल ५२ जना पत्रकार महिला आवद्ध छन् । संस्थाले विगतदेखि नै महिलाको क्षमता अभिवृद्धिका लागि प्रदेश तथा जिल्लास्तरीय तालिम सञ्चालन गर्दै आएको छ । रेडियो, अनलाइन, पत्रिका र टेलिभिजनमा काम गर्दै आएका महिलालाई पत्रकारिता पेशामा टिकाइ राख्न, उनीहरुलाई दक्ष बनाउन र प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्नका लागि संस्थाले अक्षयकोष स्थापना गरेको अध्यक्ष शिवाकोटीको भनाइ छ ।

“हामी लक्ष्यको नजिक पुगेका छौं”, उहाँले भन्नुभयो, “दुई तीन महिनाभित्रमा अक्षयकोषमा रु २५ लाख पुग्ने निश्चित भइसकेको छ । अब पत्रकार महिलालाई नै लक्षित गरेर आकर्षक पुरस्कार स्थापना गछौं ।” उहाँले कोभिड १९ को सङ्क्रमणबाट धेरै पत्रकार महिलाले रोजगारी गुमाउनु परेको, काम गरिरहेका पत्रकारले पारिश्रमिक नपाइरहेको हुँदा उनीहरुलाई सम्बन्धित मिडिया हाउससँग समन्वय गरेर पारिश्रमिक दिलाउने र रोजगार गुमेका पत्रकारलाई स–सम्मान पुर्नवहालीका लागि संस्थाले पहल गरिरहेको बताउनुभयो ।

संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले छोटो समयमै संस्थाले उल्लेखनीय प्रगति गरेको बताउनुभयो । उहाँले पत्रकारिता पेशा चुनौतीपूर्ण रहेको बताउँदै मोफसलको पत्रकारितालाई गुणस्तरीय र प्रभावकारी बनाउन संस्थाले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकांश पत्रकारिता औपचारिकतामै सीमित रहेको बताउँदै भन्नुभयो, “खोज तथा अनुसन्धानमूलक समाचारतर्फ मोफसलका पत्रकार महिलालाई यो संस्थामार्फत अब्बल र दक्ष बनाउन प्रेरित गरिन्छ ।”

नेपाल प्रेस युनियनकी जिल्ला सभापति इन्दु पूर्वेलीले पत्रकारिता महिलाका लागि चुनौती र अवसर दुवै भएको बताउनुभयो । उहाँले सञ्चारमा सहभागिता बढाउन, पत्रकार महिलाको भौतिक र पेशागत सुरक्षा गर्न यो संस्थाले विशेष भूमिका रहनुपर्ने बताउनुभयो ।  

रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोलले पत्रकार महिलाको लागि यो जिल्लाको मात्र नभइ देशकै एउटा गौरवको संस्था भएको बताउनुभयो । उहाँले पत्रकार महिलाको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा समेत सहयोग पुगेको बताउँदै नयाँ पुस्तालाई समेत संस्थाले प्रोत्साहन गर्न ठूलो मद्दत पुगेको बताउनुभयो ।