१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सामुदायिक वनको सातौँ राष्ट्रिय गोष्ठी: वनको संरक्षणसँगै उपयोगमा जोड

सामुदायिक वनको सातौँ राष्ट्रिय गोष्ठी: वनको संरक्षणसँगै उपयोगमा जोड
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलवायु परिवर्तन र वातावरण संरक्षणका कार्यक्रम आफ्ना नीति कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।

सामुदायिक वनको सातौँ राष्ट्रिय गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले वन नीति र नेपाल सरकारले हालै बजेटमार्फत सार्वजनिक गरेका वन तथा वातावरणसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्री यादवले १५औँ योजनाका लक्ष्य र कोप–२६ मा नेपाल सरकारले गरेका प्रतिबद्धता पूरा गर्न सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

सो अवसरमा उहाँले काठको प्रतिस्थापन मात्रै होइन, निकासी गरी अर्थतन्त्रमा टेवा पुर्याउने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वनमन्त्री यादवले पाँच दशकको सामुदायिक वनको अवधारणाले मुलुकमा वन क्षेत्रको संरक्षण येगदान पुग्नुका साथै वनको हैसियत र जैविक विविधतामा सुधार आएको उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले नेपालको संविधान जारी भएपछि वनसम्बन्धी ऐन कानून बनेको जनाउँदै अब वन क्षेत्र संरक्षणसँगै उपयोग गर्ने सम्बन्धमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले वनमा रहेका ढलापढा र बुढा रुख उपयोग गरी जनताका आवश्यकता पूरा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य डा विमला पौड्याल राईले सामुदायिक वनले संरक्षण गरेको योगदानस्वरुप नेपालको वन क्षेत्र बढेको उल्लेख गर्दै आगामी दिनमा यसको प्रयोग जनताका आवश्यकता र आर्थिक समृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद पार्वत गुरुङले सामुदायिक वनको योगदानको चर्चा चलिरहँदा हरियो वनलाई जनताको धन कसरी बनाउने सम्बन्धमा बहस गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्त्शो, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष भारती पाठक, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीलगायतले नेपालका सामुदायिक वनले गरेका कार्य विश्वमै प्रख्यात भएको जनाउँदै आगामी दिनमा नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो ।

‘सामुदायिक वनका पाँच दशकःबद्लिँदो परिवेशका अवसरहरु’ नारासहितको तीन दिनसम्म चल्ने गोष्ठीमा मुलुकभरका सामुदायिक वनका अभियानकर्मी, वनक्षेत्र विज्ञ, यस क्षेत्रका सरकारी तथा गैरसरकारी अधिकारीको उपस्थित रहेको छ । बद्लिँदो परिवेशमा सामुदायिक वन कार्यक्रमका पाँच दशकको उपलब्धिको विश्लेषण गर्ने, कार्यक्रमका अवसर र चुनौतीको पहिचान गर्ने गोष्ठीको उद्देश्य रहेको छ ।