२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई ध्वस्त पार्न खोजिएको थियो, कार्यकर्ताले बचाएः ओली



अ+ अ-

बुटवल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीलाई ध्वस्त पार्न खोजिएको आरोप लगाएका छन् । 

बुधबार बुटवलमा आयोजित भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले केही व्यक्तिहरूले एमालेलाई समाप्त पार्न खोजेपनि उनीहरू सफल हुन नसकेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘यो पार्टी ध्वस्त पार्न खोजिएको थियो, खोस्न खोजिएको थियो । तर देशभरका कार्यकर्ताले पार्टी जोगाउनुभएको छ ।’

यस्तै फरक प्रसंगमा कांग्रेसप्रति कटाक्ष गर्दै ओलीले भने ‘नाकाबन्दी भयो भने लुसुक्क सुत्छ, नाकाबन्दी भन्न सक्दैन तर हाम्रो बाटो छेक्न पाउँदैन भन्न सक्दैन, हाम्रो पार्टीबाट कोही बिग्रिएर तिनले लगेर बनाएदिए भने केही होला ।’  

कम्युनिस्ट शासनमा मात्र आधुनिक विकास हुने बताउँदै ओलीले भने ‘यस देशलाई सुशासन र विकासको माध्यमबाट समृद्ध हासिल गर्न सकिन्छ । यस देशको गरिबी हटाउनका लागि, पछौटेपन हटाउनका लागि, अशिक्षा र बेरोजगारी जस्ता कुराहरु हटाउनका लागि र देशलाई पूर्वाधारहरुको विकास गर्दै आधुनिक विकसित नेपालमा रुपान्तरित गर्न कम्युनिस्ट पार्टीले मात्र सक्छ भन्ने कुरा केही वर्षदेखि प्रष्ट देखिएको छ,’