२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित



अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । उक्त नीति तथा कार्यक्रम प्रदेशसभामा प्रमुख अमिक शेरचनले यही जेठ २५ गते प्रस्तुत गर्नुभएको हो । प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाकाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो ।

सभामा सम्बोधनका क्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्बोधन गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको जनाउँदै लुम्बिनी प्रदेशको विकासका लागि एकताबद्ध भएर लाग्न अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरकफरक भए पनि लुम्बिनीको विकासमा एक हुनका लागि सबैलाई अपिल गर्नुभयो । उहाँले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिका क्षेत्रमा लगानीगर्ने जनाउँदै त्यसका लागि प्रदेश सरकार जिम्मेवार भएको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी विश्वविद्यालय, प्रदेशको राजधानीलगायतका गौरवका आयोजना र आम जनताको जीवनस्तर माथि उठाउनका लागिसमेत आगामी वर्षको बजेटमा समेट्ने तयारी भइरहेको बताउुनभयो ।