विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
अल्पमतमा रहेका मन्त्री आचार्यले बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापा मन्त्री बन्ने सम्भावना छ भने ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने तयारी रहेको बताइएको छ ।