काठमाडौँ । पूर्वप्रधानसेनापति रुकमांगद कटवालको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । उनको मिर्गौलाको प्रत्यारोपण गर्नुपर्ने भएकाले दाताको खोजी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
उनले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलासिस गरिरहेका छन् । अहिले उनी ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आराम गरिरहेको बताइएको छ । मिर्गौला प्रत्यारोपण नभएसम्मका लागि आवश्यकतानुसार कटवालको सातामा दुईदेखि तीन पटकसम्म डाइलासिस गराइरहनुपर्ने चिकित्सकले बताएका छन् ।
पूर्वप्रधानसेनापति कटवालले मिर्गौला प्रत्यारोपण नेपालमै गराउने चाहना व्यक्त गरेको परिवारले जनाएको छ । विसं २०६६ सम्म कटवाल मुलुकको प्रधानसेनापति थिए ।