१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क–कसले पाउँदैछन् यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार ?



अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको पुरस्कारबाट यसवर्ष पनि विभिन्न सञ्चार जगतमा रहेका प्रत्रकारहरुलाई सम्मानित गर्ने भएको छ । 

पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बोर्ड बैठकले निम्न पत्रकार एवं सञ्चारमाध्यमलाई पुरस्कृत गरेको प्रेस काउन्सिल नेपालले विज्ञप्तीमार्फत जानकारी दिएको छ । 

यस्तै यस वर्ष पुरस्कृत हुने सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमलाई पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन र आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन यस पुरस्कारले प्रोत्साहित गर्नेमा काउन्सिलले विश्वास लिएको बताएको  छ । 

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’ सम्मानित हुनुभएको छ । यस्तै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हिमालय टाइम्स दैनिकलाई प्रदान गरिएको छ भने प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार विमल गौतम र दुर्गालाल केसीलाई प्रदान गरिएको छ । 

यसैगरी प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कारबाट माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईँ, रामचन्द्र गुप्ता, बासुदेव शर्मा, सुशील अर्याल र रमेश ढुंगेल सम्मानित हुनुभएको छ । अन्य सम्मानित हुने पत्रकार तथा सञ्चारगृह निम्नानुसार रहेको छ ।