२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

क–कसले पाउँदैछन् यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार ?



अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको पुरस्कारबाट यसवर्ष पनि विभिन्न सञ्चार जगतमा रहेका प्रत्रकारहरुलाई सम्मानित गर्ने भएको छ । 

पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बोर्ड बैठकले निम्न पत्रकार एवं सञ्चारमाध्यमलाई पुरस्कृत गरेको प्रेस काउन्सिल नेपालले विज्ञप्तीमार्फत जानकारी दिएको छ । 

यस्तै यस वर्ष पुरस्कृत हुने सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमलाई पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन र आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन यस पुरस्कारले प्रोत्साहित गर्नेमा काउन्सिलले विश्वास लिएको बताएको  छ । 

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’ सम्मानित हुनुभएको छ । यस्तै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हिमालय टाइम्स दैनिकलाई प्रदान गरिएको छ भने प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार विमल गौतम र दुर्गालाल केसीलाई प्रदान गरिएको छ । 

यसैगरी प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कारबाट माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईँ, रामचन्द्र गुप्ता, बासुदेव शर्मा, सुशील अर्याल र रमेश ढुंगेल सम्मानित हुनुभएको छ । अन्य सम्मानित हुने पत्रकार तथा सञ्चारगृह निम्नानुसार रहेको छ ।