२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

बागमतीमा १८ लाखले लगाए खोप

बागमतीमा १८ लाखले लगाए खोप
अ अ+ अ-

हेटौंडा । बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ ले जोनसन एण्ड जोनसन खोप लगाएको जानकारी दिइएको छ । 

प्रदेशमा १८ वर्र्षभन्दा माथिका ३२ लाख ७८ हजार १७७ ले कोरोनाविरुद्ध हालसम्म खोप लगाउन सकेका छैनन् । बागमती प्रदेशमा २५ लाख ३८ हजार २२५ को कोरोना सङ्क्रमण परीक्षण गर्दा चार लाख २५ हजार ७९२ अर्थात् १६।७७ प्रतिशत व्यक्तिमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले भन्नुभयो । तीमध्ये हालसम्म चार लाख १० हजार २६८ अर्थात् ९६।३५ प्रतिशत कोरोना सङ्क्रमण मुक्त भएको बताइएको छ । प्रदेशमा कोरोनाको सङ्क्रमणबाट चार हजार ३७२ को मृत्यु भएको जनाइएको छ ।

प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा १० हजार ५९ जनाले कोभिसिल्ड, १४ हजार ३०० ले भेरोसेल र पाँच हजार ९२३ ले जोनसन एण्ड जोनसनको खोप लगाएका छन् । काठमाडौँमा एक लाख ३९ हजार ५१ ले कोभिसिल्ड, पाँच लाख ९८ हजार ५७७ ले भेरोसेल र एक लाख ५६ हजार २५ ले जोनसन खोप लगाएका छन् । 

त्यसैगरी ललितपुरमा दुई लाख २२ हजार २३३, भक्तपुरमा  एक लाख ६५ हजार ८९६, नुवाकोटमा ५६ हजार ५३३, धादिङमा ५२ हजार ६२७ चितवनमा एक लाख ५१ हजार १९३ सिन्धुलीमा ३१ हजार ५०३, रामेछापमा ७१ हजार ३५६, दोलखामा ३२ हजार  ३२५ काभ्रेमा एक लाख दुई हजार १०० तथा सिन्धुपाल्चोक जिल्लामा ४९ हजार ६८३ ले खोप लगाएको मन्त्रालयले जनाएको छ ।