११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य



अ+ अ-

काठमाडौं । आज साताको पहिलो दिन (आईतबार) सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो ।

यस्तै , सुनचाँदी बजारमा चाँदीको कारोबार मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।