२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य



अ+ अ-

काठमाडौं । आज साताको पहिलो दिन (आईतबार) सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो ।

यस्तै , सुनचाँदी बजारमा चाँदीको कारोबार मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।