२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

एमसीसीमा राष्ट्रिय सहमति कति सम्भव कति असम्भव ?

एमसीसीमा राष्ट्रिय सहमति कति सम्भव कति असम्भव ?
अ अ+ अ-

काठमाडौ ।  झण्डै ५५ अर्ब नेपाली रुपैया बराबरको ट्रान्समिसन लाईन र सडक निर्माणका लागि मेलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) मार्फत आएको अमेरिककाको अनुदान सहयोगका विषयमा अहिले पक्ष र विपक्षमा तर्क वितर्क भएका छन् । अमेरिकासँगको हाम्रो सम्वन्ध ७० बर्ष नाघिसकेको छ । नेपालको विकासमा अमेरिका एउटा अग्रणी साझेदार हो । भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका विविध क्षेत्रमा अमेरिकन सरकारले हामीलाई धेरै अघिदेखि सहयोग गर्दै आएको छ । 

तर अहिले आएर एमसीसीका विषयमा जनतालाई भ्रम सिर्जना गर्नेगरी जुन तर्कहरु गरिएको छ त्यो हामीजस्तो विकासन्मुख देशको लागि निकै नकारात्मक कुरा हो । ५५ अर्ब रुपैयाँको एमसीसी ऋण होईन, यो विशुद्ध अनुदान सहयोग हो । अर्थात एसीसीमा अमेरिकन सरकारले हामीलाई दिएको उक्त सहयोग हामीले फिर्ता गर्नु पर्दैन । सरकारको बैदेशिक अनुदानको नीति अनुसार नै नेपाल सरकारले औपचारिक रुपमा एससीसीसँग माग गरेर आएको परियोजना हो यो । यो परियोजनामा प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि स्वार्थ नभएको अमेरिकाले स्पष्ट पारिसकेको छ र नेपाल पनि त्यसमा प्रष्ट छ ।

वैदेशिक सहयोग लिने हाम्रो नीति नै हो । विभिन्न क्षेत्रमा वैदेशिक सहयोग हामीले विगतमा पनि लिँदै आएका छौँ र भोलीका दिनमा पनि त्यो कायमै राख्ने नीति छ । त्यसैले एमसीसी लागु गर्ने कि नगर्ने भन्ने विषय अहिले कुनै प्रश्न गर्ने विषय नै होइन । एमसीसीका विषयमा केही भ्रमहरु बजारमा भाइरल भएका छन् । अमेरिकन सेना नेपाल आउने, नेपालको संविधानभन्दा एमसीसी सम्झौता माथि हुने, एमसीसीको परियोजना स्थलमा कोही पनि जान नपाउने आदी आदी  ।

पहिलो कुरा त अमेरिका धरै अघिदेखि नेपालको सहयोग साझेदार हो, उसको सैनिक स्वार्थ नेपालमा छैन । र दोस्रो अमेरिकाले बजारमा प्रचार गराइएका यी सबै विषयहरुलाई औपचारिक रुपमै खण्डन गरेर स्पष्ट पारिसकेको छ । तसर्थ अब पनि ती बजारमा चलाइएका हल्लाहरुको पछाडी राजनीतिक दलहरु लाग्नु आवश्यक छैन । 

प्रतिपक्षको मौनता र अस्ताउँदा दलका स्वार्थ 

कतिपय राजनीतिक दलहरुले एमसीसीलाई एउटा राजनीतिक औजारका रुपमा पनि प्रयोग गर्न खोजेको देखिन्छ । बिशुद्ध नेपाल सरकारले पहिचान गरेर लिएको परियोजना विरुद्ध केही दल र तिनका नेताहरुको बक्तव्यवाजीदेखि सडकसम्म हुने विरोधले उनीहरु राष्ट्रिय राजनीतिमा अस्ताउदो अवस्थालाई एमसीसी मार्फत फेरि चलखेल गर्ने स्वार्थमा भएको देखिन्छ । अर्कोतिर पछिल्लो परिवर्तनलाई स्विकार गरिनसकेका केही परम्परावादी समूहहरु पनि एमसीसीको विरोध गरेर राजनीतिक अस्थिरतातर्फ धकेल्न सकिन्छ कि भन्ने प्रयाशमा रहेको देखिन्छ ।

प्रमुख प्रतिपक्षी एमाले लगायतका केही जिम्मेवार दलहरु भने एमसीसीका विषयमा समाजमा फैलिएका गलत सूचनालाई चिर्न तर्फभन्दा पनि त्यसलाई आफ्नो पक्षमा भोटमा रुपान्तरण गर्न सकिन्छ कि भन्ने स्वार्थमा देखिएका छन् । यसअघि प्रधानमन्त्री हुँदा एमसीसी अघि बढाउने सार्वजनिक गरेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले यस विषयमा मौन देखिएका छन् । संसदमा एमसीसी टेवल हुदा एमालेको पोजिसन के हुन्छ? भन्ने समेत उनले भन्न सकेका छैनन् ।

यो खालको स्वार्थीपूर्ण राजनीतिक खेलले मुलुकलाई समुन्नत बनाउनेभन्दा पनि राजनीतिक दाउपेचभित्र अल्झाउँछ । आफु प्रधानमन्त्री हुदा एमसीसी पास गराउने अठोट व्यक्त गरेका ओलीले अहिले एमसीसीमा एमालेको धारणा परिवर्तन भएको छैन, यो राष्ट्रहितको परियोजना हो, यसलाई पास गराउन एमाले तयार छ भन्न किन सकेका छैनन ? ओलीको पनि एमसीसीको विषयमा मुख बन्द भएको देखेर उनी पनि राजनीतिक स्वर्थका लागि भएका चलखेलको भूमरिमा परेका हुन कि भन्ने अनुमान गर्न सकिन्छ ।

एमसीसीले पार्ने प्रभाव

एमसीसी सम्झौता पछिल्लो समय नेपाललाई आएको सबैभन्दा ठूलो अनुदान सहयोग हो । रु ५५ अर्ब बराबरको यो अनुदान सहयोग नेपालले कति प्रभावकारी रुपमा कार्यन्वयन गर्छ त्यसले भोलीका दिनहरुमा अन्य बैदेशिक सहयोग आउने सम्भावनालाई थप बलियो बनाउने हो । यो परियोजना विना विवाद सफल कार्यन्वयन गर्न सकियो भने अन्तर्राष्ट्रिय समुदायमा परियोजना कार्यान्वयनमा नेपालको सकरात्मक प्रभाव पढ्छ । एमसीसीको सफलताले अन्य मुलुकहरुको पनि विभिन्न क्षेत्रमा नेपालमा अनुदान सहयोग अवश्य बढ्छ ।
तर आफैले माग गरेर, अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट अनुदान सहयोगमा विजेता बनेर पनि एमसीसी अघि बढाउन सकिएन भने अन्तराष्ट्रिय समुदायमा नेपालको क्षमतामा प्रश्न अवस्य उठ्छ । जसले नेपाल सरकारले २०४६ पछि लिएको बैदेशिक लगानीको नीतिमा असर गर्न सक्छ । अहिले एमसीसी एउटा परियोजना मात्रै नभई अन्तर्राष्ट्रिय समुदायले नेपालको परियोजना कार्यन्वयनको क्षमताको रुपमा पनि यसलाई हेरेको देखिन्छ । तसर्थ एमसीसीका विषयमा दलहरुले गम्भीर रुपमा नसोच्ने हो भने हामीले अबलम्वन गरेको खुला बजार नीतिमानै यसले असर गर्न सक्छ ।

एमसीसीमा र सर्वदलीय सहमति

एमसीसी परियोजन जलविद्युत क्षेत्रको व्यापारमा एउटा डिपार्चर हो भन्नेमा कुने शंका छैन । जसरी १९९६ मा अरुण ते्रसो जलविद्युत आयोजनाको विरोध गरेको एमालेले पछि आफुले भुल गरेको स्विकार ग¥यो, त्यसरीनै एक दिन अहिले विरोधमा उत्रिएकाहरु पनि एमसीसीको पक्षमा पक्कै आउनेछन् । यो विषय हरेक राजनीतिक दलहरुले पनि राम्रोसँग बुझेका छन् । एमसीसीका विषयमा बजारमा पुर्याइएका हल्ला चिर्न पनि अव दलहरु एकतावद्ध हुन आवस्यक छ ।

नेपालका राजनीतिक दलको एउटा मौलिक विषेशता छ– राष्ट्रिय हितको विषयमा एक ठाउँमा उभिने । हो, एमसीसीका विषयमा पनि अब मुख्य राजनीतिक दलहरुबीच त्यही एकताको आवस्यकता छ, जुन लिम्पियाधुरा, लिपु लेक र कालापानी समेटिएको नक्सा जारी गर्दा देखिएको थियो । यसले एकातिर अन्तराष्ट्रिय समुदायमा नेपालको लोकतन्त्रको प्रशंसा हुने छ भने अर्कोतर्फ दलहरुबीच जनताको भरोसा बढ्ने छ ।

त्यसलै प्रमुख दलहरु कांग्रेस, एमाले, माओवादी, नेकपा एकिृकत समाजवादी, जसपा लगायतका दलहरु एमसीसीका विषयमा एक ठाउँमा उभिएर अघि बढ्नु नै अहिलेको एउटा मात्रै विकल्प हो । जसले मुलुको भावी विकासका रेखाहरु कोर्न महत्वपूर्ण सहयोग पुर्याउने छ i