२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल नै एमाले फुटाए, पार्टी भन्दा देउवा महत्वपुर्ण भए : गोकर्ण बिष्ट



अ+ अ-

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले माधव नेपालका कारण एमाले फुटेका बताएका छन् । बुधबार गुल्मीमा आयोजित एक कार्याक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई नेपालले ठूलो उपलब्धिसँग जोडेको बताएका हुन् । 

उनले भने, ‘सिद्धान्त र बिचारसँग तुलना गरेर एउटा क्रान्तिकारी त्यागी महामनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु नै  ठूलो उपलब्धि मान्‍नुभयो। ‘ १० बुँदे सहमति कार्यवन्यनमा माधव नेपालबाटै असहयोग भएकाले पार्टी विभाजन भएको उनले बताए ।

नेता विष्टले नेपालले पार्टी एकताभन्दा पनि विभाजन चाहेकाले कुनै पनि सर्त नमानी पार्टी विभाजन भएको जिकिर गरे। पार्टी बिभाजन भएपनि ठूलो असर एमालेलाई नपरेको उनको भनाई छ ।

पार्टीमा देखिएका समस्या सुल्झाउन बनाइएको कार्यदललले तयार गरेको सहमति माधव नेपालबाट धोका भएको उनले टिप्पणी गरे । उनले भने, ‘पार्टी एकता बाहेक बिकल्प छैन। द्वन्द्व-बिरोधको पार्टी भित्रबाटै गरौं भन्दा अन्त्यमा माधव नेपालले म मान्दिन भन्‍नु भयो।’