१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गृहमन्त्री खाँणद्वारा गोताखोर तालिम समापन

गृहमन्त्री खाँणद्वारा गोताखोर तालिम समापन
अ अ+ अ-

चितवन । गृहमन्त्री बालकृष्ण खाँणज्यूले सशस्त्र प्रहरी बल नेपाल विपद्व्य वस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि।सं। २ गोताखोर तालिमको जेठ २८ गते एक समारोहका बीच समापन गर्नुभएको छ ।सोही अवसरमा गृहमन्त्री खाँणले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी
सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गर्नुभयो ।

गृहमन्त्री खाँणले तालिम सफलता पूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका गोताखोरहरुलाई हार्दिक बधाई दिनुहुुँदै सशस्त्र प्रहरीले
पानिजन्य विपद् उद्वारका लागि तयार गरेको जनशक्ति तथा अन्य विपद् उद्वार कार्य प्रशंसनिय रहेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक श्रोतसाधन, तालिम र सेवा सुविधा बढाउन गृहमन्त्रालय सकारात्मक रहेको चर्चा गर्नहुँदै विपद्को समयमा पूर्व तयारी र विपद् पछि खोजी र उद्वारका लागि सशस्त्र प्रहरीलाई सदैव तयारी हालतमा रहन निर्देशन दिनुभयो ।

गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनिकरणको लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताउनुहुँदै यस्ता
कार्यको लागि नेपाल सरकार तथा गृहमन्त्रालयको तर्फबाट निरन्तर सहयोग र सहजिकरण गरिने उल्लेख गर्नुभयो । उहाँले गोताखोर जस्तो जोखिमयुक्त तालिम गराउनको लागि सहयोग पु-याउनुहुने दातृनिकाय, विदेशी प्रशिक्षक, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन
प्राधिकरण र सरोकारवाला निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद्् जोखिम न्यूनिकरण तथा व्यवस्थापन
प्राधिकरणको तर्फबाट उपलब्ध गराईएको ९७ लाख रुपैयाँ बराबरको विभिन्न विपद् उद्वार सामाग्री समेत हस्तान्तरण गर्नुभयो । सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एक्जिविसन
सेन्टरको समेत अवलोकन गर्नुभयो ।

सोही समारोहमा गृहसचिव टेकनारायण पाण्डेले विपद्मा परेका आम नागरिकको जीउ धनको सुरक्षा गर्नु सबैको कर्तव्य रहेको चर्चा गर्नुहुँदै विपद् तथा
महामारी आउनु भन्दा पहिल्यै तयारी भएर बस्न सकिएमा कार्यक्षेत्रमा सदैव सफलता मिल्ने बताउनुभयो । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको  क्रममा राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा तल्लीन रहँदै राज्यले सुम्पिएको दायित्व र जिम्मेवारीका क्षेत्रहरुमा कटिवद्ध र त्रुटिरहित ढंगबाट परिचालन हुने बताउनुहुँदै आपत विपद् र महामारीको समयमा समेत अग्रपंक्तिमा रहेर आम नागरिकको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपाल अहोरात्र क्रियाशिल रहिरहने बताउनुभयो ।

उहाँले यस्ता तालिम आफैमा जोखिमयुक्त र चुनौतीपूर्ण रहेको बताउनुहुँदै विपद् व्यवस्थापन तथा जोखिमयुक्त उद्वार कार्यमा खटिने सुरक्षाकर्मीलाई
खटिएको समयमा दैनिक भत्ताको व्यवस्था भएमा उद्वारमा परिचालन हुने सुरक्षाकर्मीहरुको मनोवल उच्च हुने उल्लेख गर्नुभयो । समारोहमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सशस्त्र प्रहरी बल नेपाल विपद्
व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारसँग सहकार्य गरेर गोताखोर तालिम सम्पन्न गराउन पाउँदा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनमा समेत
शिक्षालयसँग सहकार्य र समन्वयन गर्दै अगाडी बढने उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारका समादेशक का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले
स्वागत मन्तव्यको क्रममा गोताखोर जस्तो महत्वपूर्ण तालिम संचालन गर्न पाउँदा यसलाई एउटा अवसरको रुपमा लिएको बताउनुहुदै आगामी दिनहरुमा समेत यस खालका तालिम निरन्तर चलिरहने विश्वास व्यक्त गर्नुभयो ।

पाँच हप्ता अवधिको उक्त तालिम २० जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीस्थित सप्तकोशी नदि, पोखराको फेवाताल र मकवानपुरको ईन्द्र सरोवरमा समेत तालिमको अभ्यास गराईएको थियो ।

सोही अवसरमा नदिजन्य दुर्घटनामा उद्वार सम्बन्धि डेमो समेत प्रदर्शन गरिएको थियो । सो समारोहमा राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहट्ठा, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, धादिङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर लम्साल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा नेपाल प्रहरीका जिल्लास्थित प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।