२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

‘उद्योग व्यवसायको सुरक्षा प्रबन्ध हुनेछ’

‘उद्योग व्यवसायको सुरक्षा प्रबन्ध हुनेछ’
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको अर्थतन्त्रको उन्नयनमा टेवा पु¥याइरहेका उद्योग–व्यवसायको समूचित प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल एलपी ग्यास उद्योग संघको २६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले देशको अर्थतन्त्रको विकासमा केही हदसम्म भए पनि योगदान गरेको ग्यास उद्योगलाई प्रवद्र्धन गरिने बताउनुभयो ।
 
“आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन वर्तमान सरकारको उच्च प्राथमिकताको विषय भएकाले ग्यास उद्योग मात्र नभई देशका सम्पूर्ण उद्योगको ध्यान त्यसतर्फ केन्द्रित हुन आवश्यक छ”, उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीहरूलाई आह्वान गर्दै गृहमन्त्रीले भन्नुभयो ।
 
उहाँले ग्यासमा मात्र नभई बिजुली र सौर्य ऊर्जा प्रवद्र्धनमा पनि लगानी गर्न ग्यास उद्योगीलाई आग्रह गर्नुभयो । स्वच्छ ऊर्जामा गरिने लगानीले दीगो प्रतिफल प्रदान गर्ने तर्क गर्दै उहाँले राष्ट्रिय उत्पादकत्व वृद्धिबाटै समृद्धि तर्फको नेपालको यात्रा सहज हुने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई गत आवमा उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मान गर्नुभयो । सङ्घले नेपाल सरकारको निर्णयबमोजिम सर्वोत्कृष्ट ठहरिनुभएका पुडासैनीलाई सम्मान गरिएको प्रष्टीकरण दिएको छ ।
 
उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक सुरक्षा, उद्योग धन्दाको विकास र उपभोक्ता हित प्रवद्र्धन सरकारको चाहना भएकाले देशका राष्ट्रियहित र आर्थिक विकासमा सघाउने कर्तव्यबाट उद्योग क्षेत्र विमुख हुनु हुँदैन भन्नुभयो ।” राष्ट्रिय उद्योगहरूको संरक्षण गर्न सरकार सधैँ क्रियाशील रहेको बताउँदै उहाँले उद्यमी–व्यवसायीका समस्या समाधानका निम्ति उनीहरूसँग सहकार्य गर्न तयार रहेको दोहो¥याउनुभयो ।
 
सङ्घका अध्यक्ष गोकुल भण्डारीले अर्बौको लगानी भएको ग्यास उद्योगलाई सरकारी संरक्षण र प्रवद्र्धन अपरिहार्य भएको बताउँदै त्यस निम्ति नेपाल आयल निगमलगायत संस्थाको साथ र सहयोगको अपेक्षा सङ्घले गरेको बताउनुभयो ।