२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

होम सेन्टरमै सुरु भयो कक्षा १२ को परीक्षा



अ+ अ-

भक्तपुर । विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ । स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमा आजदेखि सुरु भएको परीक्षा असोज ८ गते सम्पन्न हुने बोर्डले जानकारी दिएको छ । 

परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन गरेको हो । कूल चार हजार ३१५ विद्यालयमा भएको परीक्षामा तीन लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले यसअघि दुई पटक परीक्षा स्थगित गरेको थियो । 

बोर्डले यस वर्ष प्रश्न पत्र इमेल गरेर विद्यालयमा पठाएको छ । अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलका अनुसार इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाएको जानकारी दिनुभयो । बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । परीक्षा हलमा जानु अगाडि विद्यार्थीको तापक्रम नाप्नुका साथै स्यानिटाइजर लगाएर पठाउने व्यवस्था गरिएको थियो ।