७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सरकारको प्राथमिकताः पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिं मार्ग’

सरकारको प्राथमिकताः पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिं मार्ग’
अ+ अ-

दमौली । पृथ्वी राजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिं मार्ग कालोपत्र गरिने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धसिं मार्ग कालोपत्र गर्न लागिएको हो ।

दमौलीदेखि सुढेसम्मको दश किलोमिटर सडक कालोपत्रका लागि टेन्डर भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अधिकृत दधिराज पौडेलले उक्त सडकखण्डमा कालोपत्रका लागि टेण्डर निकालिएको जानकारी दिनुभयो । प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले यस वर्ष उक्त सडकका लागि रु ४६ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

“प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ, नीति तथा कार्यक्रममा पनि समावेश भएको छ,” विश्वकर्माले भन्नुभयो, “पृथ्वी राजमार्गको विकल्प बन्न सक्ने यो बाटो स्तरोन्नतिमा प्रदेश सरकार प्रतिबद्ध छ ।” चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारी साधन पार गर्न मिल्दैन । “घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि भए वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिएको छैन,” उहाँले भन्नुभयो ।

विसं २०७५ माघमा सम्झौता भएको पुल विसं २०७८ पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने समयसीमा थियो । पुलको काम ३० प्रतिशत मात्रै सकिएको छ । हेटौँडास्थित मृत सञ्जीवनी कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ–नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको दाबी गर्दै आएको थियो ।

एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्नेछ । पुलको लागत रु आठ करोड २६ लाख रहेको छ । उक्त पुल निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लाका नागरिकलाई चितवनसहित पूर्वी र पश्चिम तराई जान २५ किलोमिटर छोटो दूरी पर्छ ।

पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । उक्त पुल निर्माणपछि घुमाउनेबाट तनहँु सदरमुकाम दमौली निस्कन अहिले प्रयोग भइरहेको मुग्लिङ, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोटिमर छोटो पर्न जान्छ ।

तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुईपाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुईपाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

धेरै वर्ष पहिला यो सडकको ट्र्याक खोलिए पनि बजेट अभावमा काम अगाडि बढ्न सकेको छैन । पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गमा पर्ने साराङघाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो । सडकको ट्र्याक खुलेसँगै यो मार्गमा अहिले व्यापारिक चहलपहलसमेत बढेको छ ।

बुद्धसिं मार्गमा यातायात सञ्चालन सुरु भएपछि सडक क्षेत्रमा पर्ने साना बस्तीहरु अहिले बजार बनेका छन् । यो सडकअन्तर्गत पर्ने सबैभन्दा ठूलो बजार सराङघाट हो । बुद्धसिंह मार्गमा हाल दमौलीबाट दैनिक ६÷७ वटा बस र उत्तिकै सङ्ख्यामा जीपहरु चल्ने गर्छन् । उक्त सवारी साधन आँबुखैरनी गाउँपालिका–६ को घुमाउनेसम्म पुगेर पुनः दमौलीतर्फ नै फर्कन्छन् । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

दमौलीका अधिकांश सिसी क्यामरा बिग्रिए

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइको सक्रियतामा जडान गरिएका सिसी क्यामरा नचल्ने अवस्थामा पुगेका छन् । इकाइले बजारका विभिन्न क्षेत्रमा जडान गरेका ३५ क्यामरामध्ये १३ वटा मात्रै चालु अवस्थामा छ ।

बजार क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरण र शान्तिसुरक्षा कायम गर्न उद्देश्यले जडान गरिएका क्यामरा नचल्ने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँको सञ्चार शाखाले जनाएको छ । शाखाका अनुसार बजार क्षेत्रका विभिन्न ठाउँमा जडान गरिएका २२ वटा क्यामरा बिग्रिएको छ । सिसी क्यामरा निगरानीका लागि प्रहरी कार्यालयमा राखिएको एउटा मोनिटर पनि बिग्रिएको छ ।

सिसी क्यामरा बिग्रिएको लामो समयसम्म पनि मर्मतमा ध्यान नदिँदा यसको उपयोगितमाथि नै प्रश्न उठेको व्यवसायी अञ्जनकुमार श्रेष्ठले बताउनुभयो । “जुन उद्देश्यका साथ सिसी क्यामरा राखिएको हो, सिसी क्यामरा नै बिग्रिएपछि उद्देश्य पूरा हुन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “छिटोभन्दा छिटो सिसी क्यामरा मर्मत गरेर सञ्चालनमा ल्याइनुपर्छ ।”

हालै मात्र दमौलीको मुख्यचोकमा नक्कली सुनको प्रलोभन देखाएर एक महिलामाथि लुटपाट भयो । लुटपाटमा संलग्न गिरोहले महिलालाई ललाई–फकाई गरी नक्कली सुनको ढिक्का देखाएर सक्कली सुन चोरी गरेर भाग्यो । भोर्लेटारचोकमा राखिएको सिसी क्यामरा नचल्दा प्रहरीले उक्त समूहलाई पक्राउ गर्न सकेको छैन ।

सङ्घका दमौली बजार इकाइ सभापति भुपाल आलेले सिसी क्यामरा मर्मतका लागि व्यास नगरपालिकासँग आर्थिक सहयोगको माग गरिएको बताउनुभयो । “सानोतिनो मर्मत खर्चले हुने काम हामीले नै गर्दै आएका थियौँ, धेरै रकम लाग्ने भएकाले इकाइसँग पैसा छैन, चुनाव अगाडि नगरलाई आर्थिक सहयोगको निवेदन दिएका थियौँ,” उहाँले भन्नुभयो, “नगरबाट अहिलेसम्म सम्बोधन भएको छैन ।”

इकाइको सक्रियतामा दमौलीस्थित भोर्लेटारचोक, सफासडक, अनसनचोक, नेकपा ९एमाले० कार्यालय रहेको चोक, महर्षि चोक, व्यास–४ जलमन्दिर नजिक, सफा सडक, ट्राफिकचोक, कालिका मार्ग, कारागार नजिक, मादी नदी र बुल्दी खोला पुललगायतका स्थान सिसी क्यामरा जडान गरिएको थियो ।

इकाइले केही वर्ष अगाडि दमौली महोत्सवको आयोजना गरी महोत्सवबाट बचेको रकमले सिसी क्यामरा जडान गरेको थियो । सिसी क्यामरा जडानका लागि इकाइले करिब रु ६५ लाख लगानी गरेको बताएको छ ।