१० मंसिर २०८१, सोमबार
,
Latest
जब प्रधानमन्त्रीले आठवटै मार्की खेलाडीको बयान गरे महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै प्रधानमन्त्रीको चीन भ्रमणः पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री सहित विज्ञसँग सुझाव लिँदै प्रधानमन्त्री सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ? एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो



अ+ अ-

वासिङटन । संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ ।

वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एकदिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबारदेखि हटाएको हो ।

रोग रोकथाम तथा नियन्त्रण निकायहरूले सङ्क्रमणको निरन्तर अनुगमन गर्ने जनाउँदै अन्तर्राष्ट्रिय यात्राका बेला पेश गर्नुपर्ने ‘कोभिड–१९ नेगेटिभ रिपोर्ट’ को अनिवार्य प्रावधानलाई आइतबार सखारैदेखि खारेज गरिएको बताएका हुन् । परिस्थिति परिवर्तन भएमा परीक्षणको आवश्यकता पुनः समीक्षा गरिने पनि उनीहरूले बताएका छन् ।

कोभिड–१९ विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको स्वास्थ्यमन्त्री जेभियर बेसेराले बताए । यद्यपि यात्रीहरूले कोभिडविरुद्धको खोप लगाउको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउन अमेरिकी प्रशासनलाई महिनौँदेखि दबाब दिइरहेका थिए भने यात्रीहरू पनि अन्तर्राष्ट्रिय यात्रा गर्न निरुत्साहित भएका थिए ।

युएस ट्राभल एशोशिएशनका अध्यक्ष रोजर डाउले परीक्षणको प्रावधान हटाउनुलाई आन्तरिक एवम् अन्तर्राष्ट्रिय यात्राका निम्ति ठूलो कदम भएको प्रतिक्रिया दिएका छन् ।