२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता युवकको शव इनारमा फेला



प्रतीकात्मक तस्बिर
अ+ अ-

कपिलवस्तु । कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो ।

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।