• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ? ★   ‘चीनसँग बढी नजिक भयो भनेर भारतीय दबाबमा राजसंस्था हट्यो’ ★   च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै ★   श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न…

नेप्से परिसूचक १४.६४ अंकले गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ ।

शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि गिरावट आएको छ । बिहीवार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । शुक्रवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । त्यसमध्ये सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ०.३० प्रतिशतले घटेको छ ।

नेप्से सूचक दोहोरो अंकले घटेपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकमको आधारमा ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको पनि ४ करोड २४ लाख रपैयाँ बराबरको शेयर कारोबार भएको छ ।