२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

एमसीसीका लागि राष्ट्रिय सहमतिको खाँचो

एमसीसीका लागि राष्ट्रिय सहमतिको खाँचो
अ अ+ अ-

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै रु ५५ अर्ब बराबरको ट्रान्समिसन लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ । नेपाल विकासको एक विकास साझेदार अमेरिकासँग नेपालको सम्बन्ध ७० वर्षभन्दा पुरानो छ । अमेरिकाले नेपाललाई भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा धेरै अघिदेखि सहयोग गर्दै आएको छ । 

यतिखेर एमसीसीका विषयमा सही सूचनाभन्दा पनि नागरिकमा भ्रम सिर्जना गर्ने खालका तर्कहरु बजारमा आएका छन् । नेपालजस्तो विकासोन्मुख देशको लागि यो राम्रो होइन । अमेरिकाले दिने रु ५५ अर्ब अनुदान नेपाल सरकारको वैदेशिक अनुदान नीतिअनुसार नै नेपालले माग गरेर आएको परियोजना हो । त्यसैले पनि यो परियोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष कुनै स्वार्थ नभएको अमेरिकाले स्पष्ट पारिसकेको छ र नेपाल सरकार पनि त्यसमा प्रष्ट नै छ ।

वैदेशिक सहयोग लिने नेपालको नीति नै हो । नेपालले विगतमा पनि विभिन्न क्षेत्रमा वैदेशिक सहयोग लिएको छ र लिँदै पनि आएको छ । त्यसैले पनि अहिले एमसीसी परियोजनाको अनुदान लिने कि नलिने भन्ने बहस आवश्यक छैन । यस परियोजनाका बारेमा अहिले नकारात्मक कुराहरु सिर्जना गरेर प्रचार गर्नु नेपालजस्तो तेस्रो विश्वको देशका लागि राम्रो होइन । यहाँसम्म कि यो परियोजना नेपालले स्वीकार गर्यो भने नेपालमा अमेरिकी सेना आउने, यो वैदेशिक अनुदान सम्झौता नेपालको संविधानभन्दा माथि हुने, एमसीसीमार्फत लागू हुने परियोजनास्थलमा कोही पनि जान नपाउने भन्नेजस्ता प्रचार गरिएको छ । यस्ता विषय परियोजनामा पनि कतै उल्लेख छैन र स्वयं नेपाल सरकारका प्रश्नमा उक्त आयोजनाबाट पनि यी विषयमा स्पष्ट जवाफ आइसकेको छ । अमेरिका धेरै अघिदेखि नेपालको सहयोग साझेदार हो र उसको सैनिक स्वार्थ नेपालमा छैन भन्ने स्पष्ट नै छ । त्यसैले पनि नेपालका जिम्मेवार राजनीतिक दलहरु नेपालको वैदेशिक सहायता नीति तथा विदेश नीतिजस्ता संवेदनशील विषयमा गम्भीर हुनु जरुरी छ ।  

नेपालका लागि प्राप्त पछिल्लो समयको एउटा सबैभन्दा ठूलो अनुदान सहयोग हो एमसीसी । रु ५५ अर्ब बराबरको यो अनुदान सहयोग नेपालले कति प्रभावकारी रुपमा कार्यान्वयन गर्छ त्यसले भोलिका दिनमा अन्य वैदेशिक सहयोग आउने सम्भावनालाई थप बलियो बनाउने हो । यो परियोजना बिना विवाद सफल कार्यान्वयन गर्न सकियो भने अन्तर्राष्ट्रिय समुदायमा परियोजना कार्यान्वयनमा नेपालको सकारात्मक प्रभाव पढ्ने देखिन्छ । एमसीसीको सफलताले नेपालका विभिन्न क्षेत्रमा अन्य मुलुकको अनुदान सहयोग पनि अवश्य रुपमा बढ्छ ।

यो परियोजना नेपाल आफैँले माग गरेर ल्याएको हो । यसरी आफैँले माग गरेर र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुदान प्राप्त गरेको एमसीसी अघि बढाउन सकिएन भने अन्तर्राष्ट्रिय समुदायमा नेपालको क्षमतामा प्रश्न उठ्न पनि सक्छ । यसले नेपाल सरकारले विसं २०४६ पछि लिएको वैदेशिक लगानीको नीतिमा समेत असर गर्न सक्ने देखिन्छ । अहिले एमसीसी एउटा परियोजना मात्रै नभई अन्तर्राष्ट्रिय समुदायले नेपालको परियोजना कार्यान्वयनको क्षमताको रुपमा पनि यसलाई हेरेको हुन सक्छ । तसर्थ एमसीसीका विषयमा दलहरुले गम्भीररुपमा नसोच्ने हो भने हामीले अबलम्वन गरेको खुला बजार नीतिमा पनि यसले असर गर्न सक्छ ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई एमसीसी परियोजना नेपालका राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमति जुटाएर पास गर्नुपर्ने धारणा राख्नुहुन्छ । हालै गोरखामा पत्रकारसँग उहाँले भन्नुभएको थियो, “राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति कायम गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुनेछ ।” जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहनुभएका उहाँले आफ्नो पार्टीको मात्र निर्णयले नहुने भएकाले सर्वदलीय सहमति जुटाएर यो परियोजना पास गर्नुपर्ने धारणा उहाँले पहिल्यैदेखि राख्दै आउनुभएको छ ।     

पूर्वअर्थमन्त्री डा रामशरण महत एमसीसी नेपालको अत्यावश्यकताको आयोजना हो भन्नुहुन्छ । उहाँले यसलाई अमेरिकाको सैन्य रणनीतिसँग तुलना गरेर अभिव्यक्ति दिनु भनेको दुस्प्रचारबाहेक अरु केही होइन भन्नुभयो । एमसीसी हामीले आफ्नो खाँचो र आवश्यकताका आधारमा अनुरोध गरी आएको आयोजना हो भएको भन्दै उहाँले तर पनि कतिपय मानिसले यसलाई राजनीतिक एजेण्डा बनाउनु दुःखद् हो भन्नुहुन्छ ।  

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महत विकास निर्माण र नेपाललाई दाताहरुले दिने अनुदान सहयोगमा पनि सरकारमा छँदा एउटा र प्रतिपक्षमा पुग्दा अर्कै धारणा राख्नु दुःखद् हो भन्नुहुन्छ । उहाँले भन्नुभयो, “हामी कुनै पनि देशको सहयोग अनुदान लिन्नौँ भन्न सक्छौँ त रु सक्दैनौँ । अनि लामो समयको प्रयासबाट आएको यो अमेरिकी सहयोगमा पनि सत्तापक्ष र प्रतिपक्षमा बाँडिएर हामीले यसरी आयोजनालाई किन विवादित बनाइरहेका छौँ रु उहाँको प्रश्न थियो । यस्ता कार्यबाट दाताहरुले हामीलाई हेर्ने दृष्टिमा पनि नराम्रो प्रभाव पर्नसक्ने उहाँको धारणा छ ।   

राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी एमसीसी सम्झौता विवादित नभएर नियतबस विवाद सिर्जना गरिएको हो भन्नुहुन्छ । उहाँले यो परियोजनालाई जबर्जस्ती विवादित बनाइएको भन्दै बजारमा नकारात्मक उत्तेजना फैलाएर जनतालाई भड्काउने र आफूप्रति ध्यानाकर्षित गरेर भोट मात्र लिने चलाखी यहाँको राजनीतिको परम्परा नै बसेको बताउनुभयो । 

एमसीसी परियोजना यस्तै राजनीतिक दल र नेताहरुको शिकार हुन पुगेको उहाँको धारणा छ । उहाँ अहिलेको अवस्थामा एमसीसीको विरोध भनेको सडकमा व्यक्त गर्ने उत्तेजना मात्र हो भन्नुहुन्छ । सुवेदी भन्नुहुन्छ, “३० दिनअघि सूचना दिएर जसले पनि त्यो सम्झौता तोड्न सक्ने प्रावधान रहेकाले यदि नेपाल सरकारले चाह्यो भने त्यसरी नै तोड्दा भइहाल्छ नि ।” 

नेपालको जलविद्युत् क्षेत्रको व्यापारमा यो परियोजना एक एउटा कोसेढुङ्गा भएको जानकार बताउँछन् । जसरी १९९६ मा अरुण ते्रसो जलविद्युत् आयोजनाको विरोध गरेको नेकपा ९एमाले० ले पछि आफूले भुल गरेको स्वीकार ग¥यो र नेपालले सो परियोजना करिब दुई दशकपछि पुनः अघि बढायो ठीक त्यसरी नै भोलि यो एमसीसी परियोजनामा अहिले देखिएको विरोध पनि भोलि पछुताउनुपर्ने हुन पनि सक्छ । त्यसैले यस्ता विषयमा हरेक राजनीतिक दलहरुले अहिले नै राम्रोसँग बुझ्नु जरुरी छ । एमसीसीबारे बाहिर आएका दुस्प्रचारका विरुद्ध कम्तीमा राष्ट्रिय राजनीतिक दलहरु एकजुट हुनु जरुरी देखिन्छ । 

नेपालका दलहरुको राष्ट्रिय हितको विषयमा एक ठाउँमा उभिने मौलिक विशेषताको यतिखेर खाँचो छ । एमसीसीका विषयमा पनि अब मुख्य राजनीतिक दलबीच एकता आवश्यक छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गर्दा जसरी राजनीतिक दलहरुमा राष्ट्रिय सहमति देखिएको थियो अहिले पनि त्यो आवश्यक छ । यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालको एकताको अभ्यास र लोकतन्त्रको प्रशंसा हुनेछ भने अर्कातर्फ दलहरुबीच जनताको भरोसा पनि बढ्नेछ । मुलुकको भावी विकासका रेखाहरु कोर्न महत्वपूर्ण सहयोग पु¥याउने यो परियोजनालाई यसरी पटक पटक गिजोलिराख्नुभन्दा अहिले नै राष्ट्रिय सहमतिको निर्माण गरेर पास गर्नु नै राम्रो हुनेछ ।

यसका लागि त्यति ठूलो समस्या पनि देखिँदैन । नेपाली कांग्रेस यस विषयमा स्पष्ट छ । कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रमुख प्रतिपक्षी रहँदासमेत यसको पक्षमा नै हुनुहुन्थ्यो र अहिले पनि एमसीसी पास गर्नुपर्ने अडानमा हुनुहुन्छ । त्यस्तै अहिलेको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो प्रधानमन्त्री हुँदा एमसीसी संसद्मा पास गर्न तयार हुनुहुन्थ्यो भने अहिले पनि यसको विरोधी हुनुहुन्न । उहाँले अहिले पनि एमसीसी पास गर्नुहँुदैन भन्नुभएको छैन । उहाँले सत्तारुढ गठबन्धनमै संसद्मा स्पष्ट बहुमत रहेकाले पहिला सो गठबन्धनको धारणा आओस् भन्नुभएको छ । आफ्नो यो धारणा उहाँले हालै नेपाल आएको एमसीसी परियोजनाका प्रतिनिधिसँग पनि व्यक्त गरिसक्नुभएको छ । त्यसैले यही समझदारीबाट अघि बढ्दै विगतमा जस्तै राष्ट्रिय आवश्यकताका विषयमा राष्ट्रिय राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति निर्माण हुनु जरुरी देखिन्छ ।