१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार ह्वातै घट्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य ह्वातै घटेको छ । बिहिबार नेपाली बजारमा सुनको मुल्य तोलामा ७ सय रुपैया घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९० हजार ५ सयमा कारोबार भइरहेको जनाएको छ । 

बिहिबार तेजावी सुनको मूल्य पनि तोलामा ७ सय घटेको छ । बुधबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको सुनको आज ९० हजारमा कोरोबार भइरहेका छ । 

यस्तै कहि दिनदेखी नेपाली बजारमा चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ । सोमबार देखी चाँदीको मूल्य स्थिर रहेर तोलाको १२ सय रुपैयामा कारोबार भइरहेको छ ।