काठमाडौं । नेपाली बजारमा सुनको मुल्य ह्वातै घटेको छ । बिहिबार नेपाली बजारमा सुनको मुल्य तोलामा ७ सय रुपैया घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९० हजार ५ सयमा कारोबार भइरहेको जनाएको छ ।
बिहिबार तेजावी सुनको मूल्य पनि तोलामा ७ सय घटेको छ । बुधबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको सुनको आज ९० हजारमा कोरोबार भइरहेका छ ।
यस्तै कहि दिनदेखी नेपाली बजारमा चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ । सोमबार देखी चाँदीको मूल्य स्थिर रहेर तोलाको १२ सय रुपैयामा कारोबार भइरहेको छ ।