१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन दलका कार्यकर्ताले ज्यान लिन खोजे सुरक्षा चाहियो: सासंद चौधरी



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनका लागि गाउँ गएको बेलामा आफुमाथि गठबन्धन दलका कार्यकर्ताहरुले आक्रमण प्रयास गरेको भन्दै दोषी उपर कारबाहीको माग गर्नुभएको छ ।

उहाँले आफुसहित आफ्नो वृद्ध आमालाई समेत दुव्र्यवहार भएको उल्लेख गर्दै न्याय दिन सरकारसँग माग गर्नुभयो । उहाँले २७ वर्ष अघिदेखि आफ्नो परिवारमाथि हिंसा भइरहेको पनि सदनलाई जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो ‘मलाई मार्ने उद्देश्यले उनीहरूले घर घेरा हालेर ८० वर्षकी मेरी आमालाई दुर्व्यवहार गरे । हातहतियार निकालेर यसलाई मार्नुपर्छ भनेपछि म मृत्युको मुखमा पुगेर ४० मिनेटपछि सशस्त्र प्रहरीका एसपीले उद्दार गरेपछि बाँचे । आज पनि त्यो घटना सम्झिँदा मलाई डर लाग्छ । मलाई न्याय चाहियो ।’

सासंसद चौधरीले आफूलाई दुर्व्यवहार गर्ने समूहले २०५४ सालमा पनि दाजुलाई बेपत्ता बनाएको भन्दै पटकपटक आफूमाथि दुर्व्यवहार भएको र अझै पनि आफू सुरक्षित नरहेको बताउनु भयो ।