५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छः राष्ट्रसंघ

सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छः राष्ट्रसंघ
अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन् । 
सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा बताएका हुन् ।

यस अघिदेखि नै संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरुले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताउँदै आएका थिए । तर बुधबार संयुक्त राष्ट्रसंघमा ब्रिफिङका क्रममा सहयता प्रमुख गिरिफिथले यहाँ एक करोड १३ लाख मानिसमा यस्तो सहायता चाहिएको बताएका हुन् ।

ती नागरिकहरु सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन् । जसका कारणले अहिले आएर आर्थिक संकट थपिएको छ । उनीहरु खाना र बासकै समस्यामा परेका बताइएको छ । ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पुर्याउन सकिरहेको छैन । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पछिल्लो समयमा त्यहाँ कोभिडको पनि समस्या उत्पन्न भएको छ । 

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ । यहाँका लाखौँ नागरिक यस हिंसाका कारण विस्थापित पनि हुन पुगेका छन् । साथै ४ लाख भन्दा पनि बढी नागरिकले ज्यान गुमाउनु परेको बताइएको छ ।