१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ देखि १७ वर्ष उमेर समूहलाई आजदेखि बुस्टर डोज



अ+ अ-

काठमाडौँ । आजदेखि सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई कोभिड–१९ विरुद्धको अतिरिक्त (बुस्टर डोज) खोप दिने भएको छ । यद्यपि बुस्टर डोज लगाउनका लागि सो उमेर समूहका किशोर किशोरीले पूर्ण मात्रा खोप लिएको तीन महिना नाघेको हुनुपर्ने छ ।

सरकारले गत पुस ४ गतेदेखि यो उमेर समूहलाई कोभिड–१९ विरुद्धको खोप दिन थालेको थियो । मुलुकमा यो उमेर समूहमा ३४ लाख २५ हजारभन्दा बढी किशोर किशोरी रहेको सरकारी आँकडाले जनाएको छ ।

सरकारले बुस्टर डोज लगाउन मुलुकभरका स्वास्थ्य निकायलाई बिहीबार नै परिपत्र गरिसकेको बताइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार बुस्टर डोज लगाउनयोग्य किशोर किशोरीलाई फाइजर वा मोडर्नाको खोप उपलब्ध गराइने छ ।