• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

आगलागीबाट जलेर दुई घर नष्ट



symbolic-picture

कर्णाली । गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११ः३० बजे आगलागी भएको थियो ।

उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन् । प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाइएको छ ।

त्यस्तै, हिजो राति नै करिब १० बजेको समयमा लेकबँेसी नगरपालिका–३ सुर्खेत साजेस्थित गगन पोख्रेलेको फुसले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

राति ११ः३० बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति नभएको तर घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।