• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

कर्मचारी नियुक्तिमा यतिसम्म भएछ…



काठमाडौं । कुनै पनि सरकारी निकायका कर्मचारी नियुक्त गर्दा त्यसको कामका आधारमा छनोट गरिन्छ । सोही आधारमा शैक्षिक योग्यताको क्रम निर्धारण गरिन्छ ।

काम र शैक्षिक योग्यतालाई ध्यान दिएर निश्चित प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी चयन गरिन्छ । संवैधानिक निकायको रुपमा रहेको लोकसेवा आयोगले परीक्षालगायतका कार्यक्रम सञ्चालन गर्दछ तर, एउटा सरकारी निकायले भने शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेर गैरकानुनी काम गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कृषि प्राविधिक र लेखापाल पदमा कर्मचारी नियुक्त गर्दा शैक्षिक योग्यता नमिल्ने कर्मचारी नियुक्त गरेको पाइएको हो ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचनाअनुसार विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेको थियो । बोर्डका कार्यकारी निर्देशकले पदपूर्ति समितिको संयोजक रही कृषि प्राविधिक र लेखापाल पदमा योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेका थिए ।

शैक्षिक योग्यता हेर्ने परीक्षण गर्न सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिको दरखास्त फारम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको पाइएको आयोगको ठहर छ ।

गैरकानुनीरुपमा दरखास्त स्वीकृत गर्ने कर्मचारीले प्रचलित कर्मचारी सेवा शर्त विनियमावलीअनुसारको शैक्षिक योग्यताको तथ्यलाई लुकाएको पाइएको छ । आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टङ्कप्रसाद ओलीविरुद्ध मुद्दा दायर गरिएको छ । आयोगले आरोपीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को सोही दफाबमोजिम सजायको मागदाबी गरिएको सहायक प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । रासस