• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

राष्ट्रपति सी पुनः सत्तामा पुग्ने तयारीमा



बेइजिङ । राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् ।

सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ ।

विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहेका छन् ।

यसैवर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरिएको छैन तर मिति घोषणा भएसँगै सीको पुनः सत्तारुढ हुने चाहना अभिव्यक्त हुने अपेक्षा गरिएको छ ।