२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

‘कविरपथ धर्म’ लाई जनगणनामा समावेश गर्न माग

‘कविरपथ धर्म’ लाई जनगणनामा समावेश गर्न माग
अ अ+ अ-

काठमाडौं । कबीर पथ धर्मावलम्बीहरुले कबीर पथ धर्मलाई जनगणना गर्दा समावेश गर्नुपर्ने माग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धर्मालम्बीहरुले २० लाखको संख्यामा अनुयायी रहेको धर्मलाई जनगणनामा समावेश गराउन सरकारसमक्ष माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै कविपथ धर्म सभाका अध्यक्ष सत्यनारायण आलोकले राष्ट्रिय जनगणना २०७८ को जनगणना फारममा कवीरपथ धर्मको महल स्पष्ट रुपमा समावेश गर्न सरकारसँग माग गरे । उनले भने,‘२० लाख बढी संख्यामा अनुयायी रहेको कविर धर्मलाई जनगणना गर्दा समावेश गराइनुपर्छ ।’ उनले जनगणनामा कविरपथ धर्मको महल स्पष्ट रुपमा समावेश हुन्पर्नेमा जोड दिए ।

कवीर प्रकाट्य दिवस जेष्ठ पुर्णिमाको दिन कवीर जयन्ती मनाउन राष्ट्रिय बिदा कायम गर्न समेत उनले माग गरे । कवीरपथ धर्म विकासको लागि कवीरपथ धर्म कोष स्थापना गर्नुपर्ने उनको माग छ ।

उनले कवीरपथ धर्म विभिन्न जातजाति, धर्म, सस्कृतिहरुलाई संरक्षण, सम्बर्धन विकास गर्न स्थापना भएको बताए । उनले भने, ‘सदियौदेखि नेपालको भुमिमा लाखौलाखको संख्यामा रहि आए पनि कवीरपथ धर्म नेपाल सरकारको तथ्यांकमा सत्यतथ्य समाहित नभएको हुँदा हामी कवीर पथ धर्मालम्बीहरु धार्मिक पहिचान बिहिन भएका छौ ।’

कार्यक्रममा माता निरादेवी साह, चेतनारायण महतो, विजय महतो ९सर्लाही० रामकरण साह ९धनुषा० लगायतले आफ्नो मन्तव्य राखेका थिए ।