२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कविरपथ धर्म’ लाई जनगणनामा समावेश गर्न माग



अ+ अ-

काठमाडौं । कबीर पथ धर्मावलम्बीहरुले कबीर पथ धर्मलाई जनगणना गर्दा समावेश गर्नुपर्ने माग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धर्मालम्बीहरुले २० लाखको संख्यामा अनुयायी रहेको धर्मलाई जनगणनामा समावेश गराउन सरकारसमक्ष माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै कविपथ धर्म सभाका अध्यक्ष सत्यनारायण आलोकले राष्ट्रिय जनगणना २०७८ को जनगणना फारममा कवीरपथ धर्मको महल स्पष्ट रुपमा समावेश गर्न सरकारसँग माग गरे । उनले भने,‘२० लाख बढी संख्यामा अनुयायी रहेको कविर धर्मलाई जनगणना गर्दा समावेश गराइनुपर्छ ।’ उनले जनगणनामा कविरपथ धर्मको महल स्पष्ट रुपमा समावेश हुन्पर्नेमा जोड दिए ।

कवीर प्रकाट्य दिवस जेष्ठ पुर्णिमाको दिन कवीर जयन्ती मनाउन राष्ट्रिय बिदा कायम गर्न समेत उनले माग गरे । कवीरपथ धर्म विकासको लागि कवीरपथ धर्म कोष स्थापना गर्नुपर्ने उनको माग छ ।

उनले कवीरपथ धर्म विभिन्न जातजाति, धर्म, सस्कृतिहरुलाई संरक्षण, सम्बर्धन विकास गर्न स्थापना भएको बताए । उनले भने, ‘सदियौदेखि नेपालको भुमिमा लाखौलाखको संख्यामा रहि आए पनि कवीरपथ धर्म नेपाल सरकारको तथ्यांकमा सत्यतथ्य समाहित नभएको हुँदा हामी कवीर पथ धर्मालम्बीहरु धार्मिक पहिचान बिहिन भएका छौ ।’

कार्यक्रममा माता निरादेवी साह, चेतनारायण महतो, विजय महतो ९सर्लाही० रामकरण साह ९धनुषा० लगायतले आफ्नो मन्तव्य राखेका थिए ।