२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले बढ्यो आयुर्वेदिक औषधिको माग



अ+ अ-

गोरखा । जिल्लामा पछिल्लो समय आयुर्वेदिक औषधिको बिक्रीवितरण बढ्न थालेको छ । कोरोना महामारीसँगै आयुर्वेदिक औषधि र औषधिजन्य उत्पादनको प्रयोग गर्ने क्रम बढदै जाँदा यसकोे बिक्री पनि बढ्न थालेको हो । जिल्लामा सञ्चालित पुरानो गोरखा आयुर्वेद कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आव २०७७÷७८ मा झण्डै रु छ करोडभन्दा बढी आयुर्वेदिक उत्पादनको बिक्री वितरण गरेको छ ।

महामारी कारण देशभरका अधिकांश उद्योगधन्दा, पेशा–व्यवसाय प्रभावित भइरहेका बेलामा सो कम्पनी अहिलेसम्मकै धेरै उत्पादन बिक्री गर्न सफल भएको कम्पनीका उत्पादन अधिकृत अर्जुन अर्यालले जानकारी दिनुभयो । “गत आवमा करिब रु २१ करोड बराबरको उत्पादन बिक्री भयो”, उहाँले भन्नुभयो, “अघिल्लो आवमा जम्मा रु १५ करोडको कारोबार कम्पनीले गरेको थियो ।”

कोरोनाका समयमा आयुर्वेद कम्पनीले उत्पादन गरेको विभिन्न प्रकारका औषधि र औषधिजन्य वस्तुको माग बढी भएकाले पनि अघिल्लो वर्षको तुलनामा कारोबार बढी भएको उहाँको भनाइ छ । कोरोना महामारीसँगै कम्पनीले रोग प्रतिरोधात्मक क्षमता बढाउने विभिन्न औषधि उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले इमुनो केयर सिरप, इमुनो केयर ट्याबलेट, इमुनो केयर किट र इमुनो केयर क्वाथलगायतका औषधिको उत्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयोे । अहिले ती औषधिको नेपाली बजारमा अत्यधिक माग रहेको कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले उत्पादन गरेको गुडुची चियाको पनि बजारमा अत्यधिक माग छ । तुलसी, लेमन, सिनामन, जिन्जर, पावटी, गोरखा ड्याब टी, मिन्ट र स्लिम चिया कम्पनीले उत्पादन गर्दै आएको उत्पादन अधिकृत अर्यालले जानकारी दिनुभयो । त्यसबाहेक पनि अभिपत्तीकर चुर्ण, टेन्सारिन, पिलारीन र च्याबनप्रास र शक्तिप्रास पनि बजारमा माग धेरै रहेको बताइएको छ ।

कम्पनीले उत्पादन गर्दै आएको चियापत्ती, कुरिलो, गुर्जो र त्रिफला युरोपियन देशहरुमा समेत निर्यात गर्दै आएको उहाँले बताउनुभयो । “विशेषगरी युरोपमा कुरिलो पाउडर, गुर्जो पाउडर र आठै प्रकारको चियापत्ती निर्यात हुने गरेको छ”, अधिकृत अर्यालले भन्नुभयो, “कम्पनीले कोरोनाको समयमा पनि आफ्नो उत्पादनलाई जारी राखेका कारण अधिक बिक्री गर्न सफल भएको हो ।”

कम्पनीले अहिले ११० प्रकारका औषधि तथा चिया र शक्तिबद्र्धक सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीको आमती, कान्चनार गुगुल, डिकोरीन, पिलारिन, एमभि लिभ, योग्रास र त्रिफला गुगुलको माग पनि बजारमा अत्यधिक छ । उत्पानका लागि आवश्यक पर्ने ६० प्रतिशतभन्दा बढी कच्चा पदार्थ गोरखा, लमजुङ र तनहुँबाट ल्याउने गरिएको उहाँको भनाइ छ ।

यसबाहेक आवश्यक अन्य कच्चा पर्दाथ झण्डै ३० प्रतिशत कच्चा पदार्थ काठमाडौँ, कास्की, विराटनगर, चितवन र मकवानपुरबाट आयात गरिँदै आएको उहाँले बताउनुभयो । बाँकी रहेको १० प्रतिशत कच्चा पदार्थ भने भारतबाट आयात गर्दै आएको छ । भारतबाट जेठी मधु, असोका, सिरेनुन, बीरेनुन र जिरा ल्याउने गरिएको कम्पनीले जनाएको छ । सरकारले भारतबाट आयात हुने गुणस्तरहीन त्रिफला र अभिपत्तीकर चुर्णमा मात्र पनि रोक लगाउने हो भने पनि अधिकांश उद्योग नाफामा चल्ने  अधिकृत अर्यालले दाबी गर्नुभयो । (रासस)