२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

कोरोनाले बढ्यो आयुर्वेदिक औषधिको माग

कोरोनाले बढ्यो आयुर्वेदिक औषधिको माग
अ अ+ अ-

गोरखा । जिल्लामा पछिल्लो समय आयुर्वेदिक औषधिको बिक्रीवितरण बढ्न थालेको छ । कोरोना महामारीसँगै आयुर्वेदिक औषधि र औषधिजन्य उत्पादनको प्रयोग गर्ने क्रम बढदै जाँदा यसकोे बिक्री पनि बढ्न थालेको हो । जिल्लामा सञ्चालित पुरानो गोरखा आयुर्वेद कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आव २०७७÷७८ मा झण्डै रु छ करोडभन्दा बढी आयुर्वेदिक उत्पादनको बिक्री वितरण गरेको छ ।

महामारी कारण देशभरका अधिकांश उद्योगधन्दा, पेशा–व्यवसाय प्रभावित भइरहेका बेलामा सो कम्पनी अहिलेसम्मकै धेरै उत्पादन बिक्री गर्न सफल भएको कम्पनीका उत्पादन अधिकृत अर्जुन अर्यालले जानकारी दिनुभयो । “गत आवमा करिब रु २१ करोड बराबरको उत्पादन बिक्री भयो”, उहाँले भन्नुभयो, “अघिल्लो आवमा जम्मा रु १५ करोडको कारोबार कम्पनीले गरेको थियो ।”

कोरोनाका समयमा आयुर्वेद कम्पनीले उत्पादन गरेको विभिन्न प्रकारका औषधि र औषधिजन्य वस्तुको माग बढी भएकाले पनि अघिल्लो वर्षको तुलनामा कारोबार बढी भएको उहाँको भनाइ छ । कोरोना महामारीसँगै कम्पनीले रोग प्रतिरोधात्मक क्षमता बढाउने विभिन्न औषधि उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले इमुनो केयर सिरप, इमुनो केयर ट्याबलेट, इमुनो केयर किट र इमुनो केयर क्वाथलगायतका औषधिको उत्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयोे । अहिले ती औषधिको नेपाली बजारमा अत्यधिक माग रहेको कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले उत्पादन गरेको गुडुची चियाको पनि बजारमा अत्यधिक माग छ । तुलसी, लेमन, सिनामन, जिन्जर, पावटी, गोरखा ड्याब टी, मिन्ट र स्लिम चिया कम्पनीले उत्पादन गर्दै आएको उत्पादन अधिकृत अर्यालले जानकारी दिनुभयो । त्यसबाहेक पनि अभिपत्तीकर चुर्ण, टेन्सारिन, पिलारीन र च्याबनप्रास र शक्तिप्रास पनि बजारमा माग धेरै रहेको बताइएको छ ।

कम्पनीले उत्पादन गर्दै आएको चियापत्ती, कुरिलो, गुर्जो र त्रिफला युरोपियन देशहरुमा समेत निर्यात गर्दै आएको उहाँले बताउनुभयो । “विशेषगरी युरोपमा कुरिलो पाउडर, गुर्जो पाउडर र आठै प्रकारको चियापत्ती निर्यात हुने गरेको छ”, अधिकृत अर्यालले भन्नुभयो, “कम्पनीले कोरोनाको समयमा पनि आफ्नो उत्पादनलाई जारी राखेका कारण अधिक बिक्री गर्न सफल भएको हो ।”

कम्पनीले अहिले ११० प्रकारका औषधि तथा चिया र शक्तिबद्र्धक सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीको आमती, कान्चनार गुगुल, डिकोरीन, पिलारिन, एमभि लिभ, योग्रास र त्रिफला गुगुलको माग पनि बजारमा अत्यधिक छ । उत्पानका लागि आवश्यक पर्ने ६० प्रतिशतभन्दा बढी कच्चा पदार्थ गोरखा, लमजुङ र तनहुँबाट ल्याउने गरिएको उहाँको भनाइ छ ।

यसबाहेक आवश्यक अन्य कच्चा पर्दाथ झण्डै ३० प्रतिशत कच्चा पदार्थ काठमाडौँ, कास्की, विराटनगर, चितवन र मकवानपुरबाट आयात गरिँदै आएको उहाँले बताउनुभयो । बाँकी रहेको १० प्रतिशत कच्चा पदार्थ भने भारतबाट आयात गर्दै आएको छ । भारतबाट जेठी मधु, असोका, सिरेनुन, बीरेनुन र जिरा ल्याउने गरिएको कम्पनीले जनाएको छ । सरकारले भारतबाट आयात हुने गुणस्तरहीन त्रिफला र अभिपत्तीकर चुर्णमा मात्र पनि रोक लगाउने हो भने पनि अधिकांश उद्योग नाफामा चल्ने  अधिकृत अर्यालले दाबी गर्नुभयो । (रासस)