२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी भित्रका दक्षिणपन्थी र परमादेशका कारण सरकार छाड्नु पर्‍यो : रामबहादुर थापा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले माधब नेपाल तथा पुष्पकमल दाहालले पुँजिवादीहरूको सहकार्यमा  परामादेश बाट कम्युनिष्ट पार्टीको नेतृत्वलाई सरकारबाट अपदस्त गरेको बताउनु भएको छ ।

 एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  थापाले पार्टीभित्रका दक्षिणपन्थी र अदालतको परमादेशका कारण एमाले सत्ताबाहिर जानु परे पनि वर्ग संघर्षको माध्यमबाट फेरि राज्यसत्तामा आइपुग्ने बताउनु भयो ।

नेकपा एमाले कम्युनिष्ट आन्दोलन र समाजबादको मुल धारा भएको  दाबी गर्दे नेता थापाले भन्नुभयो ‘आज राजनीतिक रूपमा हामी सत्ताबाहिर पुगेका छौं तर पार्टीभित्रका दक्षिणपन्थी विसर्जनवादीहरू पार्टीबाट अलग भएका छन् । हामी वर्ग संघर्षको माध्यमबाट एमालेको नेतृत्वमा पुनः सत्तामा आउनेछौं ।’