२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिशु हत्याको आरोपमा महिला कारागार चलान



अ+ अ-

बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो । 

जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । यही भदौ ६ गते अवैध सम्बन्धबाट आफैले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको कार्कीमाथि आरोप लागेको थियो । सो घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।   

प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत  अदालतमा पेश गरेको थियो । कार्कीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । कार्कीको गाउँकै एक किशोरसँग अवैध सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ । उनी स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत थिइन् । (रासस)