२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता पार्टी कार्यालय सानेपामा



file
अ+ अ-

काठमाडौं । डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता सानेपा पुगेका छन् ।

समितिका पदाधिकारीको ध्यानाकर्षण गराउन पौडेलसहितका नेताहरु महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला, गगन थापालगायत पार्टी कार्यालय सानेपामा पुगेका हुन । 

पौडेल समूहले ५ असोजमा तोकिएको वडा अधिवेशनकै दिन डडेल्धुरामा पनि अधिवेशन गराउन निर्वाचन समितिसँग माग गरेका हुन् । २५ भदौमा डडेल्धुरामा वडा अधिवेशन भइसकेको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल नेता पौडेल पक्षका हुन् ।