४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय जुडो महासङ्घद्वारा  मानार्थ अध्यक्ष पदबाट पुटिन निलम्बित



अ+ अ-

पेरिस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले युक्रेनमा आक्रमण गरेका कारण अन्तर्राष्ट्रिय जुडो महासङ्घ (आईजेएफ) को मानार्थ अध्यक्ष पदबाट निलम्बन गरिएको खेलकुदको प्रशासकीय निकायले आइतबार घोषणा गरेको छ ।

द्वन्द्व चौथो दिनमा प्रवेश गरेको छ र मस्कोले आफ्ना सेनाहरूलाई युक्रेनमा ‘सबै दिशाबाट’ अगाडि बढ्न आदेश दिएको छ । पश्चिमी मुलुकहरुले शनिबार थप प्रतिबन्ध लगाएको छ जसले रूसको बैंकिङ क्षेत्रलाई अपाङ्ग बनाउन खोजेको छ।

युक्रेनी अधिकारीहरूले बिहीबार बिहान रुसले आक्रमण गरेपछि तीन बालबालिकासहित १९८ सर्वसाधारण मारिएको बताएका छन्।

“युक्रेनमा जारी युद्धको प्रकाशमा… अन्तर्राष्ट्रिय जुडो महासङ्घले भ्लादिमिर पुटिनको मानार्थ अध्यक्ष र अन्तर्राष्ट्रिय जुडो महासङ्घको राजदूतको हैसियत निलम्बन गरेको घोषणा गर्दछ”, आईजेएफले विज्ञप्तिमा भनेको छ ।

एक कुशल जुडो खेलाडीका रुपमा पुटिनलाई सन् २०१४ मा आठौँ डनले सम्मानित गरिएको थियो । यो सम्मान खेलको उच्चस्तर मध्ये एक हो । उनी सन् २००८ देखि मानार्थ अध्यक्ष छन्।