१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालकै ठूलो डान्स रियालिटी शो कार्तिक ११ बाट शुरु



अ+ अ-

काठमाडौं । आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा।लि।द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ शुरु हुने भएको हो ।

उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा।लि।ले गर्ने भएको छ । काठमाडौंको द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीचच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रा।लिका अध्यक्ष रविन्द्रकुमार रिजालले यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइने बताउनुभयो । उहाँले दशैँपछि रियालिटी शोे शुरु हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइनेछ, यो सबैका लागि हो तर पनि यो उमेर समूहका प्रतिष्पर्धीहरुलाई प्राथमिकतामा राखिएको छ, अहिले कान्तिपुर टेलिभिजन र कि एडभर्टाइजिङ सर्भिस प्रा।लि।बीच सम्झौत भएको हो, त्यसैले धेरै भन्न सकिने अवस्था छैन, हामी डान्स शो दशैँपछि शुरु गर्छौं ।’

उक्त मेगा शो प्रत्येक बिहीवार र शुक्रवार गरी हप्ताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ । डान्स च्याम्पियनका निर्णयकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनुभएको छ । त्यस्तै कार्यक्रम प्रश्तोताको रुपमा उमेश राई ९फुलन्देकी आमा० रहनुभएको छ । ३२ भागको यो कार्यक्रम धनराशी २५ लाख रहेको छ ।