२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा डुबेर बालिकाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ । रासस