२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सनराइज बैंकमा मुद्दती निक्षेपको ब्याजदर बढ्यो, देशकै उच्च

सनराइज बैंकमा मुद्दती निक्षेपको ब्याजदर बढ्यो, देशकै उच्च
अ अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको सनराइज बैंकले एक वर्षसम्म वा सोभन्दा बढी अवधि मुद्दती खातामा रकम जम्मा गर्ने ग्राहकलाई दिइरहेको ब्याज अन्य बैंकभन्दा उच्च रहेको जनाएको छ । 

बैंकले यही असोज १ गतेदेखि लागू हुने गरी एक वर्ष वा सोभन्दा बढी अवधिको बचतमा १०.०७ प्रतिशतसम्म ब्याज दिने बताएको छ । सर्वसाधारणका लागि यो निकै आकर्षक ब्याजदर हो । 

“सनराइज महा मुद्दती” नाम दिइएको मुद्दती खाताहरुलाई तीन वर्गमा विभाजन गरेर बैंकले ग्राहकलाई ब्याज दिनेछ । तीन देखि ६ महिनासम्मको मुद्दतीमा ९.१० प्रतिशत, ६ महिनादेखि एक वर्षको अवधिको मुद्दतिमा ९.६० प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधिको मुद्दतीमा १०.०७ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । यी खातामा रकम जतिसुकै राख्न सकिने छ ।

सनराइज एनआरएन मुद्दती खाताधनीलाई पनि वार्षिक १०.०७ प्रतिशत ब्याज दिइने छ तर यसका लागि न्यूनतम एक लाख बचत हुनु पर्नेछ । संस्थागत मुद्दती खातामा समेत बैंकले आकर्षक ब्याज उपलब्ध गराउने जनाएको छ । न्यूनतम तीन महिना र एक वर्षभन्दा मुनिको अवधिका लागि ९ प्रतिशत तथा एक वर्षभन्दा बढी अवधिका लागि १० प्रतिशत ब्याज उपलब्ध गराइने बैंकको भनाइ छ ।  नेपालका अन्य बैंकहरुले हाल मुद्दती खातामा ८ प्रतिशतको हाराहारीमा ब्याज दिइरहेका छन् ।बैंकले प्रदान गर्ने कर्जामा पनि ब्याजदर संशोधन गरेको छ ।

यही असोज १ गतेदेखि लागू हुने कर्जा सेवा अन्तर्गत घर कर्जालाई तीन वर्गमा बाँडेर ऋण उपलब्ध हुनेछ । पाँच वर्षसम्मका लागि १२.५० प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १३ प्रतिशत तथा १० देखि १५ वर्षका लागि १३.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

त्यस्तै, शैक्षिक कर्जातर्फ पाँच वर्षसम्मका लागि १३ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १३.५० प्रतिशत तथा १० देखि १५ वर्षका लागि १४ प्रतिशत ब्याजदर तोकिएको छ । सनराइज सजिलो कर्जातर्फ पाँच वर्षसम्मका लागि १२.७५ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १३ प्रतिशत तथा १० देखि १५ वर्षका लागि १३.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

यसैगरी, सवारीसाधन कर्जातर्फ व्यापारिक प्रयोजनका लागि पाँच वर्षसम्मका लागि १३ प्रतिशत र ५ देखि ८ वर्षसम्मका लागि १४ प्रतिशत तोकिएको छ भने निजी सवारीसाधन खरिदमा प्रदान गरिने ऋणमा पाँच वर्षसम्मका लागि १२.७५ प्रतिशत र ५ देखि ८ वर्षसम्मका लागि १३ प्रतिशत तोकिएको छ । बैंकले सिग्नेचर ऋणको पनि व्यवस्था गरी ब्याजदर तोकेको छ । यो ऋणमा तीन वर्षसम्मका लागि १३.५० प्रतिशत तथा पाँच वर्ष सम्मका लागि १४.५० प्रतिशत ब्याजदर राखिएको छ ।
साथै, बैंकले बचत खाता रहेका सबै ग्राहकलाई स्वास्थ्य बीमा सुविधा उपलब्ध गराएको छ जसमा मेडिकल र ओपिडी समेत एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा तथा पाँच लाखसम्मको दुर्घटना बीमा समेटिएको छ ।

डिजिटल बैंकिङ तर्फ बैंकले नेपाल विद्युत प्राधिकरणको महशुल भुक्तानी “मिस्डकल”का आधारमा भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । यो सुविधा नेपालमै पहिलो हो । साथै, मिस्डकलकै आधारमा मोबाइल टपअप गर्ने, ब्यालेन्स चेक गर्ने, कार्ड नभई पनि पैसा झिक्न पाइने जस्ता सुविधा बैंकले ल्याएको छ ।