२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

क्यालिब्रेसनका लागि तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

क्यालिब्रेसनका लागि तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
अ अ+ अ-

 रुपन्देही I भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइट अर्थात् परीक्षण उडानका लागि तयार भएको छ ।  विमानस्थल निर्माण आयोजना प्रमुख ई प्रवेश   अधिकारीले न्यूजपोलारसँग भन्नुभयो, “संरचना निर्माणको काम लगभग ९८ प्रतिशत सकिएको छ । जडान भएका सञ्चार लगायत अन्य उपकरणको उडान परीक्षणका लागि हामी तयार छौं ।”  उहाँका अनुसार पूर्व सम्झौता अनुसार विमानस्थलको प्राविधिक पक्ष हेरेको थाइल्याण्डको एरोथाई कम्पनीबाट प्राविधिकहरु आउनु पर्ने भएपनि थाई सरकारको स्वास्थ्य मापदण्डका कारण उनीहरुलाई नेपाल आउने अनुमति नदिँदा  परीक्षण उडानमा ढिलाइ भएको छ । 

विमानलाई सुरक्षित रुपमा उडान र अवतरणका लागि आवश्यक पर्ने परीक्षण उडान  गर्न विशेष प्रकारको हवाइजहाज आवश्यक पर्ने र त्यस विमानबाट दिउँसो तथा राती परीक्षण उडान गरी जडान गरिएका उपकरणहरुले सही सूचना दिए नदिएको हेर्नु पर्ने हुन्छ, त्यो प्रक्रिया सकिएपछि विमानस्थल सुचारु गर्न कुनै कठिनाइ हुँदैन । आयोजना प्रमुख अधिकारीका अनुसार टर्मिनल भवनको फर्निचर तथा सजावटको कार्य पनि अन्तिम चरणमा पुगेको छ ।  

संशोधित बजेट कुल ६ अर्ब ८२ करोड रुपैयाँको लागतमा विमानस्थल निर्माण भैरहेको छ । विमानस्थल आयोजनाका अनुसार हालसम्म तीन हजार मिटर लामो धावनमार्ग, जहाज पार्किङ्ग गर्ने एप्रोन, सव वे, ट्याक्सी वे लगायतका संरचनाहरुको निर्माण सकिएको छ ।  यसैगरी, मुख्य टर्मिनल भवन, टर्मिनल टावर, ट्याक्सी पार्किङ्ग लगायतका संरचनाहरु निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।  सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो ।

बुधबार मात्र  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य बारे जानकारी लिनु भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा प्रयोग गर्न सकिने यस गौतमबुद्ध विमानस्थल मार्फत नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै पोखरामा समेत अर्को क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य जारी छ ।