२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान



अ+ अ-

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति हुनुभएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । 

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यही भदौ २९ गतेको  बैठकले उहाँलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी कार्कीलाई बलाध्यक्षमा नियुक्ति गरी निमित्त बलाधिकृतको समेत जिम्मेवारी दिइएको सेनाले जानकारी दिएको छ ।