१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार विधेयक फिर्ता लिन आग्रह



अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालले गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेस गरी छलफल चलाएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’  फिर्ता लिन आग्रह गरेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विधेयकका कतिपय प्रावधानले बाधा पुरयाएको भन्दै काउन्सिलले फिर्ता लिन आग्रह गरेको हो । 

काउन्सिलले आज विज्ञप्ति जारी गरी विधेयकका कतिपय प्रावधानले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा हस्तक्षेप गरेको जनाएको छ । विधेयकमा जसका विरुद्ध समाचार लेख्यो उसैले पत्रकारलाई कारबाही गर्न सक्ने, सूचनाको हक खोस्नेजस्ता विवादास्पद प्रावधान राखिएकोमा आपत्ति जनाइएको छ । 

“संविधान र कानून विपरीत यसरी ल्याइएको अन्य विधेयकका विषयमा यसअघि नै काउन्सिलले आफ्ना सुझाव र धारणा सार्वजनिक गरिसकेको छ । गण्डकी प्रदेशसभामा पेश भएको विधेयकले सञ्चार क्षेत्र र आमनागरिकको हकमा आघात पु¥याएकोले विवादास्पद उक्त विधेयक तत्काल फिर्ता लिन प्रेस काउन्सिल नेपाल आग्रह गर्दछ”, विज्ञप्तीमा भनिएको छ । साथै काउन्सिलको बैठकले मिडियासम्बन्धी विधेयक प्रस्तुत भएका सबै प्रदेश सरकारलाई यसबारे लिखित सुझाव पेश गर्ने निर्णय गरेको छ ।