९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिपार्टमेन्टमा प्रवेश गरी चोरी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुतलीसडकमा मुख्य कार्यालय रहेको योयोसो सुपरमार्केट प्रालिका विभिन्न शाखा कार्यालयबाट सरसामान चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ–९ गौशाला घर भई हाल काठमाडौँ–४ चन्डोल बस्ने ५१ वर्षीय मुना सिंह रहेको प्रहरीले जनाएको छ ।

निज सिंहले योयोसो सुपरमार्केटको विभिन्न शाखा कार्यालयबाट सामान किन्ने बहाना बनाई डिपार्टमेन्ट स्टोरमा प्रवेश गरेर विभिन्न सरसामान चोरी गरेको कार्यालयले जनाएको छ ।

प्रहरीले निजबाट जीजी कम्पनीको हात पंखा एक थान, एम लेखिएको सानो हाते पंखा एक थान, हुक चार थान, उडन मिरर लेखिएको ऐना एक थान बरामद गरेको छ । साथै प्रहरीले निज सिंहबाट टाबेल नौ थान, जेन्स अन्डरवेयर तीन थान, स्पिकर एक थान, प्रदेश ३—२–००६ प ४३१७ नम्बरको यामाहा स्कुटर एक थान र मोबाइल एक थान पनि बरामद गरेको छ ।

निजलाई आवश्यक कारबाहिका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।