२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिपार्टमेन्टमा प्रवेश गरी चोरी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुतलीसडकमा मुख्य कार्यालय रहेको योयोसो सुपरमार्केट प्रालिका विभिन्न शाखा कार्यालयबाट सरसामान चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ–९ गौशाला घर भई हाल काठमाडौँ–४ चन्डोल बस्ने ५१ वर्षीय मुना सिंह रहेको प्रहरीले जनाएको छ ।

निज सिंहले योयोसो सुपरमार्केटको विभिन्न शाखा कार्यालयबाट सामान किन्ने बहाना बनाई डिपार्टमेन्ट स्टोरमा प्रवेश गरेर विभिन्न सरसामान चोरी गरेको कार्यालयले जनाएको छ ।

प्रहरीले निजबाट जीजी कम्पनीको हात पंखा एक थान, एम लेखिएको सानो हाते पंखा एक थान, हुक चार थान, उडन मिरर लेखिएको ऐना एक थान बरामद गरेको छ । साथै प्रहरीले निज सिंहबाट टाबेल नौ थान, जेन्स अन्डरवेयर तीन थान, स्पिकर एक थान, प्रदेश ३—२–००६ प ४३१७ नम्बरको यामाहा स्कुटर एक थान र मोबाइल एक थान पनि बरामद गरेको छ ।

निजलाई आवश्यक कारबाहिका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।